सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु « Khabarhub

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक रुसी नागरिकको मृत्यु भएको छ ।

राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बुपासाङल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो ।

उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा त्रिविवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : २९ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम