अनसन बसे मेयरका उम्मेदवार « Khabarhub

अनसन बसे मेयरका उम्मेदवार


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनको कारण उम्मेदवारहरूलाई भ्याईनभ्याई छ । 

मतदाता कहाँ आफ्नो योजना लिएर घरदैलोमा उनीहरुको व्यस्तता बढ्दो छ । यद्यपि एक उम्मेदवार अनशन बसेका छन् । काठमाडौँ महानगरपालिकामा मेयर पदको लागि उम्मेदवारी दिएका दीपक सिलवाल अनशनमा छन् । उनले निर्वाचन आयोगबाट समेत रिक्सा चुनाव चिन्ह पाएका छन् । उनले गत वैशाख २२ गतेबाट अनशन बसेका हुन् । 

घर आँगन नेपाल मार्फत बालबालिकालाई सहयोग गर्दै आएका समाजसेवी दिपकले सुत्केरीको व्यथाले छटपटाइ रहेकी महिलालाई उद्धार गर्ने गरेका छन् । बच्चालाई जन्मदिन नसकेर पीडामा रहेकी महिलाहरूलाई हेलिकप्टर मार्फत उद्धार गर्ने गरेका छन् । यसो गर्दै गर्दा उनलाई केही ऋण समेत परेको छ । ‘मैले आफ्नो सम्पत्ति बेचेर नै सेवा गर्दै आइरहेको छु । त्यो सकिएपछि म संग अब बाँकी केही छैन । अझै केही रकम हेलिकप्टरलाई तिर्न बाँकी छ । त्यसको लागि प्रहरी कहाँ पनि पुगेको छु’ दीपकले भने । 

उनले आफ्नो अभियान ‘किनौँ हेली, बचाउँ चेली’ लाई अगाडि बढाउन अनशन बसेको बताए । ‘हामीले सम्पूर्ण नेपालीहरूले थोरैधेरै सहयोगी हात अगाडि बढाउने हो भने हेलिकप्टर किन्न सकिन्छ । त्यसबाट हामीले आर्थिक अभावमा गाउँमा छटपटाई रहेका महिलाहरूलाई उद्धार गर्न सक्छौँ’ उनले भने । उनले आफूले अनशन नतोड्ने समेत बताए । 

‘मैले आफ्नो अधिकार प्रयोग गरेर उम्मेदवारी दिएको हो । यद्यपि मलाई चुनावी प्रतिष्पर्धामा जानु नै छैन । मैले आफ्नो माग सम्बोधन नभएसम्म म अनशन तोड्दिन’ दीपकले भने । उनले हालसम्म व्यक्तिगत खर्चमा १२ जना महिलाहरूको उद्धार गरेको बताए । राज्यले नै दुई हेलिकप्टरको व्यवस्था गरेर दुर्गममा रहेर सुत्केरी पीडामा रहेका महिलाहरूले ज्यान गुमाउनु पर्दैन । यो राज्यले सक्ने कुरा हो यद्यपि आवाज त्यहाँसम्म नपुगेर हाम्रा कयौँ महिला दिदीबहिनीहरूले ज्यान गुमाउनु भएको छ’ उनले भने । 

उनले आफूले सुरु गरेको अभियान पश्चात नेपाल सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएको बताए । ‘मलाई महिला मन्त्रालय अन्तर्गतको सह-सचिवले सम्पर्क गरेर आइडिया पनि लिनु भयो । मैले उहाँहरूलाई उद्धार गर्नु पर्ने महिलाहरूलाई सम्पर्क समेत गराए । यद्यपि सरकारी प्रोसेस बढी हुने भएकाले तुरुन्तै उद्धार गर्नु पर्ने स्थानमा गाह्रो हुने गरेको छ । त्यसैले मैले किनौँ हेली, बचाउँ चेली अभियान सुरु गरेको हुँ’ दीपकले भने ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : १७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ