पाकिस्तानमा हिंसात्मक आक्रमण बढ्दै « Khabarhub

 पाकिस्तानमा हिंसात्मक आक्रमण बढ्दै


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको खैबर जातीय जिल्ला र पेसावर शहर आसपास आतंककारी आक्रमण बढ्न थालेको छ ।

केही दिन अघिमात्रै सो क्षेत्रमा दुई सुरक्षा जाँच चौकीमा हमला भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यस्तै, सोही इलाकामा आतंककारीको हमलामा परी पाँच सर्वसाधारण सहित एकजना प्रहरी निरीक्षक र अर्का प्रहरी उपरीक्षक पनि मारिएको द न्युज इन्टरनेशनलले जनाएको छ ।

आक्रमणपछि १८ जना संदिग्धलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पाकिस्तानी सुरक्षा अधिकारीहरुले सो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएर सर्वसाधारणको जिउधनको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताउने गरेका छन् ।

यद्यपि अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको त्यस क्षेत्रमा हिंसाको श्रृङ्खला भने नरोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : १९ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको