भक्तपुरमा मदिरा बिक्री वितरण गर्न निषेध « Khabarhub

भक्तपुरमा मदिरा बिक्री वितरण गर्न निषेध


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन निर्देशन जारी गरेको छ । 

जिल्ला प्रशासन कार्यालयमा आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधिस गोपालप्रसाद बाँस्तोला, जिल्ला निर्वाचन कार्यालय, तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला निकायबीच भएको निर्वाचनसम्बन्धी छलफलमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विभिन्न निर्णय गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आगामी २७ गते राति १२ बजेदेखि ३० गतेसम्म मदिरा बिक्री वितरण र सेवन गर्न निषेध गर्ने निर्णय गरेको छ । साथै मतगणना सम्पनन नभएसम्म मतगणनास्थल आसपास मदिरा बिक्री वितरण एवं सेवन निषेध गर्ने निर्णय गर्दै यो आदेशको अवज्ञा गरे तत्काल पक्राउ गरी कारबाही गरिने प्रजिअ शर्माले जानकारी दिए।

सबैले आचारसंहिताको पूर्णपालना गर्ने गुराउने, मतगणनास्थलमा २४सै घण्टा विद्युत्, टेलिफोन तथा इन्टरनेटको आपूर्ति गर्न विद्युत् प्राधिकरण र टेलिकमलाई निर्देश गरेको छ । निर्वाचनका दिन जिल्लामा सबै एम्बुलेन्सलाई आवश्यक पर्ने वित्तिकै प्रयोगमा आउने गरी प्राथमिक उपचारका सामग्री, स्वास्थ्यकर्मीसहित तयारी अवस्थामा राख्न, जिल्लाका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थालाई जनशक्तिसहित नियमित सञ्चालन गरी आकस्मिक सेवा दिनसक्ने गरी तयारी अवस्थामा राख्न, दमकल, डोजरलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

निर्वाचनका दिन खानेपानी, एम्बुलेन्स, दमकल, शव वाहन, अस्पताल, विद्युत् सेवा, रेडक्रसका गाडी र सवारी पास बाहेकका साधनलाई सञ्चालन गर्न नदिने, कुनै पनि पास भएका सवारीसाधनले मतदाता बोकेको पाइए नियन्त्रणमा लिएर तत्कालै पास खारेज गर्ने निर्णय गरेको प्रजिअ शर्माले जानकारी दिए। 

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोजकुमार थापाले निर्वाचनका दिन चारवटै नगरपालिकाका लागि चार एम्बुलेन्समा प्राथमिक उपचारको सामग्रीसहित राखिने बताए। मतदानस्थलमा स्थानीय पालिकाले प्राथमिक उपचारका सामग्री पठाउन सिफारिस गर्ने निर्णय गरेको छ ।  

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ४० बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका