एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट | Khabarhub Khabarhub

एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९ औँ फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा वैशाख २२ र २३ गते भएको २४ औँ खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।

अध्यक्ष वज्राचार्यका अनुसार एसियाडका लागि ९–९ पुरुष/महिला गरी १८ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । विश्व च्याम्पियनसिपका लागि १–१ पुरुष/महिला गरी २ खेलाडीको अन्तिम छनोट गरिएको छ ।

एसियाडका लागि पुरुषमा नासिर याहया हुसैन, शंकरसनाबहादुर रघुवंशी, तेन्जिन नाम्डोल रायन गुरुङ, एर्भिन श्रेष्ठ, अनुभव सुब्बा, एल्भिन महर्जन, सेरेन सिंह र निर्भय थापा रहेका छन् । महिलामा डुवाना लामा, अनुशिया तण्डुकार, रोयल प्रजापति, रोशा न्यौपाने, उपास्ती महर्जन, युस्का महर्जन, आर्या महर्जन र मेगन गुरुङ छन् । यी १६ खेलाडी २४ औं खुला पौडी प्रतियोगिताबाट छनोट भएका हुन् ।

ओलम्पिनद्वय एलेक्जन्डर गाडेगार्ड शाह र गौरिका सिंहलाई पनि प्रारम्भिक छनोटमा समावेश गरिएको छ । दुवैले टोकिया ओलम्पिक– २०२० मा प्रतिस्पर्धा गरेका थिए ।
विश्व च्याम्पियनसिपका लागि नासिर र डुवान छनोट भएका छन् । सबै खेलाडीको छनोट फिना अंक आधारमा गरिएको जनाइएको छ । विश्व च्याम्पियनसिप जुनमा हुँदैछ । एसियाड भदौ २५ देखि असोज ९ गतेसम्मलाई तय भएकोमा कोरोना भाइरसका कारण स्थगित भइसकेको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : १८ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।