नेपाल घरेलु तथा साना उद्योग महासंघ ३३ औं वर्षमा प्रवेश « Khabarhub

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३३ औं वर्षमा प्रवेश


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फस्टाउन सके अर्थतन्त्र सम्वृद्ध हुने सरोकारवालाहरुले बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको मङ्गलबार राजधानीमा आयोजित ३३ औं स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र सम्वृद्ध बन्ने बताएका हुन् ।

नेपालमा औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भन्दै महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगीहरुले आवश्यकता महसुस गरेर २०४७ सालमा महासंघ स्थापना गरिएको बताए ।

साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्नका लागि घरेलु महासंघको आवश्यकता परेको भन्दै उनले अबका दिनमा महासंघले आफ्नो स्वरुपलाई परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘अहिले सरकार केन्द्र, प्रदेश र स्थानीय स्तरमा पनि छ तर लघु, घरेलु तथा साना उद्योगीहरु समक्ष पुग्न सकेको छैन । त्यसैले केन्द्रदेखि प्रदेश र स्थानीय निकायमा हुनेहरु क्रियाशील बनौं ।’

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर शुरुवात गरेको महासंघ आज ७ वटै प्रदेश, ७७ वटै जिल्लामा पुगेको छ भने ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताए ।

उद्यमीहरुका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उनले अहिले ६ लाखको हाराहारीमा रहेका लघु, घरेलु तथा साना उद्योगीहरुलाई सरकारले मान्यता दिएर ती उद्योगीहरुको प्रतिनिधिमूलक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघलाई हरेक समितिमा राखेको बताए ।

उनले अगाडि थपे, ‘ती समितिहरुमा साना उद्योगीहरुको समस्या र आइपरेका समाधानका उपायहरु अवलम्बन गरेका छौं र खोज्ने प्रयास गरेका छौं ।’

महासंघका पूर्वअध्यक्ष सुरेश प्रधानले ३२ वर्षसम्म धेरै आरोह अवरोह पार गरेको स्मरण गर्दै स्थानीय स्रोत साधनमा आधारीत उद्योग व्यवसायको प्रवर्धनबाट मात्र राष्ट्रिय अर्थतन्त्र बलियो हुने धारणा राखे ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १२ : १६ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा