नेपाल घरेलु तथा साना उद्योग महासंघ ३३ औं वर्षमा प्रवेश « Khabarhub

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३३ औं वर्षमा प्रवेश


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फस्टाउन सके अर्थतन्त्र सम्वृद्ध हुने सरोकारवालाहरुले बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको मङ्गलबार राजधानीमा आयोजित ३३ औं स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र सम्वृद्ध बन्ने बताएका हुन् ।

नेपालमा औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भन्दै महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगीहरुले आवश्यकता महसुस गरेर २०४७ सालमा महासंघ स्थापना गरिएको बताए ।

साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्नका लागि घरेलु महासंघको आवश्यकता परेको भन्दै उनले अबका दिनमा महासंघले आफ्नो स्वरुपलाई परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘अहिले सरकार केन्द्र, प्रदेश र स्थानीय स्तरमा पनि छ तर लघु, घरेलु तथा साना उद्योगीहरु समक्ष पुग्न सकेको छैन । त्यसैले केन्द्रदेखि प्रदेश र स्थानीय निकायमा हुनेहरु क्रियाशील बनौं ।’

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर शुरुवात गरेको महासंघ आज ७ वटै प्रदेश, ७७ वटै जिल्लामा पुगेको छ भने ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताए ।

उद्यमीहरुका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उनले अहिले ६ लाखको हाराहारीमा रहेका लघु, घरेलु तथा साना उद्योगीहरुलाई सरकारले मान्यता दिएर ती उद्योगीहरुको प्रतिनिधिमूलक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघलाई हरेक समितिमा राखेको बताए ।

उनले अगाडि थपे, ‘ती समितिहरुमा साना उद्योगीहरुको समस्या र आइपरेका समाधानका उपायहरु अवलम्बन गरेका छौं र खोज्ने प्रयास गरेका छौं ।’

महासंघका पूर्वअध्यक्ष सुरेश प्रधानले ३२ वर्षसम्म धेरै आरोह अवरोह पार गरेको स्मरण गर्दै स्थानीय स्रोत साधनमा आधारीत उद्योग व्यवसायको प्रवर्धनबाट मात्र राष्ट्रिय अर्थतन्त्र बलियो हुने धारणा राखे ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १२ : १६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको