वैज्ञानिकले गरे सिसडोलको अध्ययन : फोहोरको लिच्चडले पानी पनि प्रदूषित | Khabarhub Khabarhub

वैज्ञानिकले गरे सिसडोलको अध्ययन : फोहोरको लिच्चडले पानी पनि प्रदूषित


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाइँ जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानीसमेत प्रदूषित भएको पाइएको हो।

टोलीले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरकफरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरेको हो।

सिसडोलबाट संकलित तीनन वटा नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन्। ‘स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ। यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ,’ शाहले फेसबुकमा लेखेका छन्। विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ।

पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केही दिनमा आउनेछ भने नास्टको टिमले निरुपणको विधि पनि सुझाउनेछ। नास्ट लगायत अन्य विज्ञसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिने उनले बताए।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ६ : २२ बजे

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको

यु–१७ महिला फुटबल टोली आज भुटान जाँदै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोली

दुई दिने नेपाल भ्रमण सकेर आज भारत फर्किंदै सचिव मिस्री

काठमाडौं – दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम

अर्थसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिका बैठक बस्दै छन्

नेपालमा मनसुनको अवस्था केही कमजोर, थोरै भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको