दार्चुलामा एकल महिलाको हत्या आरोपमा दुई जना पक्राउ « Khabarhub

दार्चुलामा एकल महिलाको हत्या आरोपमा दुई जना पक्राउ


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो ।

घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । घटनाको कारण भने खुल्न नसकेको उनले बताए । खडायतको शव राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले बताए । उनका श्रीमान्को सात वर्ष अघि मृत्यु भइसकेको छ । खडायतका दुई छोरी र एक छोरा छन् ।

घटनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । शङ्कास्पद एक जना फरार रहेको बताइएको छ । घटनाको अनुसन्धान गर्न डिएसपी विष्ट घटनास्थलमा गएका छन् । प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : ५० बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा