नेकपा प्रवक्ता प्रकाण्डले भेटे गृहमन्त्री खाणलाई « Khabarhub

नेकपा प्रवक्ता प्रकाण्डले भेटे गृहमन्त्री खाणलाई


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्।

बुधबार बिहान गृह मन्त्रालयमा भएको भेटवार्तामा प्रकाण्डले विभिन्न अभियोगमा पक्राउ परेर थुनामा राखिएका आफ्ना पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिएर उनीहरुलाई रिहाइ गर्न गृहमन्त्रीसँग माग गरेका छन्।

त्यसक्रममा गृहमन्त्री खाणले नेकपासँग अघिल्ली सरकारले गरेको सहमतिअनुसार सरकारले काम गरिरहेको जानकारी दिएका छन् । थुनामा रहेका नेकपाका नेता कार्यकर्ताको कानुन अनुरुप मुद्दा फिर्तासँगै उनीहरुलाई रिहाइको लागि महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रक्रिया सुरु गरिएको जवाफ गृहमन्त्रीले दिएका स्रोतले बताएको छ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ११ : २३ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा