उपसभामुख पद खारेज गर्न कांग्रेस सांसद सिंहको माग « Khabarhub

उपसभामुख पद खारेज गर्न कांग्रेस सांसद सिंहको माग


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे ।

‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नू,’ उनले भने । सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त गर्न माग गरेका छन् ।

यस्तै, उनले सर्लाहीको बरहथवा नगरपालिका–१ मा बागमती नदीले अत्यधिक कटान गरिएकाले यदि समयमै तटबन्ध नगरिए हजारौं नागरिक विस्थापित हुन सक्ने भन्दै उनले तटबन्ध गर्न सरकारसँग माग गरे ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ११ : ५२ बजे

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको