प्रदीपसँग पूजाको भिडन्त ?  « Khabarhub

प्रदीपसँग पूजाको भिडन्त ? 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो वर्ष फिल्म प्रदर्शनको लागि अत्यधिक चाप देखिएको छ । कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएको विदेशी फिल्मसँगै नेपाली फिल्मको भिडन्त हुने लगभग तय छ । सीमित डेट अभावका कारण नै यो वर्ष विदेशी फिल्मको चाप उत्तिकै छ । केही वर्षयता विदेशी फिल्मले नेपाली फिल्म बजारमा करोडौँको व्यापार गर्न थालेसँगै घरेलु फिल्मले रिलिजका बेला थप जोखिम मोल्नुपर्ने देखिएको हो। पछिल्लो समय विदेशी फिल्मको बढ्दो दबदबाले नेपाली फिल्मको रिलिज क्यालेन्डरमा प्रभाव पार्ने परिरहेको छ। हलिउड र बलिउडसँगै साउथ इन्डियन फिल्मको दबदबाले पनि अब नेपाली फिल्मको क्यालेन्डर हेरफेर गर्न सक्ने भएका छन्। निर्माण सकिएर बसेका फिल्महरूको प्रदर्शन मिति विदेशी फिल्महरूलाई पन्छाएर पनि घोषणा भएका छन्। केही मेकरले भिड्ने आत्मविश्वासका साथ पनि आफ्ना फिल्म पनि सोही मितिमै घोषणा गर्ने गरेका छन्।

नेपाली फिल्म प्रदर्शनको अत्यधिक चाप आउँदो भदौमा देखिएको छ । भदौको पहिलो , दोस्रो र अन्तिम साता तीन स्वदेशी फिल्म प्रदर्शन तय गरेर प्रचारप्रसारमा छन् । भदौ दोस्रो साता राधा र प्रकाश प्रदर्शन तय गरिसकेका छन् । यहीँ डेटमा सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि भदौ १० मा आउने तयारीमा छ । यद्यपि घोषणा हुन् बाँकी छ । फिल्मसँग जोडिएको सदस्यले फिल्म प्रदर्शन हुने लगभग तय रहेको बताएका छन् । 

‘यसै साता गीत सार्वजनिक गर्दै फिल्मको डेट घोषणा गरिने छ । फिल्म भदौ १० मै प्रदर्शन हुँदैछ’ ती सदस्यले भने । फिल्म प्रदर्शन गर्नु पछाडिको कारण बिदा भनिने लगभग तय छ । यद्यपि दुई नेपाली फिल्म रिलिज तय भएकै डेटमा तेस्रो नेपाली फिल्म आउनुले अस्वस्थ प्रतिष्पर्धा स्पष्ट देखाउँछ । एक फिल्मकर्मीले ‘प्रकाश’ का हिरो प्रदीप खड्कासँगको आपसी मतभेदका कारण सुदर्शन निर्देशित ‘सम्हालिन्छ कहिले मन’ भदौ दोस्रो साता प्रदर्शन हुन् सक्ने बताए । 

‘सो डेटमा आउनुको कारण नै प्रदीप हुन् सक्छन् । किनकी अन्य खाली डेट धेरै छ । साथमा भदौ १० मा दुई नेपाली फिल्म छन् नै’ ती सदस्यले भने । सुदर्शन निर्देशित फिल्म ‘प्रेम गीत’ मार्फत प्रदीप स्थापित भए । यद्यपि यसको सिक्वेल बन्ने समयसम्म निर्माता सन्तोष सेन र प्रदीपसँग सुदर्शन र नायिका पूजा शर्माको सम्बन्ध हार्दिक रहेन । त्यसयता सुदर्शन र पूजाले एउटा टिम बनेर फिल्म निर्माण गरिरहेका छन् भने सन्तोष र प्रदीपले पनि । कोरोना भाइरसको महामारी पश्चात विस्तारै लयमा फर्किदै गरेको नेपाली फिल्मको बजारलाई यो किसिमको प्रतिष्पर्धाले कता लैजाने हो रु यो भने आउँदा दिनले नै बताउनेछ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १२ : ४३ बजे

पश्चिम एसिया तनाव : इस्लामावादमा पाकिस्तान, साउदी, टर्की र इजिप्टका विदेश मन्त्रीहरूको बैठक

इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा