इरानमा रेल दुर्घटना हुँदा १७ जनाको मृत्यु | Khabarhub Khabarhub

इरानमा रेल दुर्घटना हुँदा १७ जनाको मृत्यु


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानमा भएको रेल दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । मध्य इरानमा बुधबार मशहद र याजद सहरबीचको रहेको ताबासनजिकै रेल ट्र्याकबाट खस्दा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो ।

घटनामा अरु धेरै घाइते भएका राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले जनाएको छ । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिएका छन् ।

इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेका सरकारी सञ्चार माध्यमलाई बताए ।

बुधबार बिहान ५ः३० बजे दुर्घटना भएको यस रेलका ११ वटा डिब्बा मध्ये पाँचवटा ट्र्याकबाट बाहिरिएका आपातकालीन सेवाहरूले जानकारी दिएको छ । सन् २०१६ मा उत्तरी इरानमा दुईवटा रेलहरू ठोक्किएर भएको आगलागीमा परी ४४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं घाइते भएका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ३ : ३० बजे

सप्तकोशीमा पानीको बहाव बढ्दा उदयपुरको बेलका उच्च जोखिममा

गाईघाट – तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

इंग्ल्यान्डविरुद्ध भारतको नाटकीय जित: रोनाल्डोबाट प्रेरित थिए खेलका नायक सिराज

काठमाडौं- खेलको अन्तिममा भारतले नाटकीय जित हात पारेपछि इंग्ल्यान्डसँगको शृङ्खला

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन २० गते मंगलबार। साउन

आज २०८२ साल साउन २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २० गते मंगलबार। साउन