भारतमा आक्रमण गर्ने अल कायदाको धम्की | Khabarhub Khabarhub

भारतमा आक्रमण गर्ने अल कायदाको धम्की


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आतंककारी संगठन अल कायदाले भारतमा आक्रमणको धम्की दिएको छ । सत्तारुढ भारतीय जनता पार्टीका नेताले इस्लाम धर्मका पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै अल कायदाले भारतमा आक्रमणको धम्की दिएको हो ।

यो समूहले भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्न अपिल गरेको भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएको छ । भारतीय उपमहाद्वीपमा अल कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको जनाइएको छ ।

६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको भारतीय समाचार पोर्टल इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

‘अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिशोधको भावना भरिएको’ अल कायदाले जनाएको छ ।

१० दिनअघि भारतको एउटा  समाचार च्यानलमा भाजपाकी प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेको बताइएको छ ।

उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला भाजपाका अर्का नेता नविन कुमार जिन्दलले पनि पैगम्बरबारे विवादास्पद ट्वीट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोही विषयलाई लिएर प्रवक्ता शर्मालाई निलम्बन गरेको छ भने जिन्दललाई पार्टीबाट निकालिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : ३७ बजे

‘टोकियो सप्ताह’ को तयारी पुरा, पण्डित दिनबन्धु टोकियोमा

टोकियो– आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५’ को तयारी

पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा

रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली च:मतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक

बृहत् बाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

क्यानाडाका प्रधानमन्त्रीले भने- पहिलो बजेटबाट अमेरिकामाथिको निर्भरता घटाउँछु

ओटावा– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मंगलबार आफ्नो पहिलो बजेट