स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट आफूहरूले धोका पाएको माधव नेपालको आरोप (भिडियो) « Khabarhub

स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट आफूहरूले धोका पाएको माधव नेपालको आरोप (भिडियो)


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट आफूहरूले धोका पाएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले गठबन्धन गरेका छौँ। त्यसबारेमा समीक्षा गरिरहेका छौँ । हामीलाई फाइदा भइरहेको छ। पोखराको मेयरमा हामीबाहेक अरू कसैले जित्न सक्दैनथ्यो । हेटौँडामा पनि शानदार जित हासिल गरेका छौँ । गठबन्धनको भरोसा धेरै गर्दा धोका भयो ।’

स्थानीय तहको निर्वाचनमा आफ्नो शक्तिले मात्रै लडेको भए बढी सफलता हासिल हुने उनले बताए । उनले भने, ‘हामीले कतिपय ठाउँमा आफ्नो एक्लै लड्दा हाम्रो झण्डा फहराएको छ । अब हामी पार्टी निर्वाचन र चुनावको तयारीमा लाग्नुपर्छ। प्रदेश र संघको निर्वाचन मङ्सिरमा हुन्छ। चुनाव चिह्नको बारेमा जनतालाई बताउने र जनताको मन जित्न लाग्नुहोस्।’

उनले स्थानीय तहको निर्वाचन आफ्नो लागि चुनौती र अवसर दुवै भएको बताए । ‘हाम्रो पार्टी अरु पार्टीभन्दा भिन्न हुनुपर्छ। जनतालाई र देशलाई माया गर्ने कार्यकर्ता तयार गछौँ, हामी लोभी पापी र कुसंस्कृति त्यस्तो प्रवृत्ति भएको मान्छे तयार गर्दैनौँ’ उनले भने । देश लुट्ने र जतनलाई चुस्ने पार्टी नबनाउन उनले बताए। प्रतिगमन र संविधान मास्ने प्रवृत्तिविरुद्ध आफूहरूले कोर्स नै चेन्ज गरेको बताए ।

मन्त्रपरिषद् हेरफेरको विषयमा पार्टीभित्र कुनै विवाद नभएको बताए। उनले भने, ‘हामीले मन्त्रिमण्डल हेरफेर गरेका छौँ। पार्टीमा सरकारमा गएका मन्त्रीहरूलाई ६ महिना भनेका थियौँ। उहाँहरूले ८ महिना पाउनुभएको छ। उहाँहरूले राम्रो काम गर्नुभएको छ। पार्टीको निर्णयभन्दा बाहिर जाँदैनौँ भनेर उहाँहरूले भनिराख्नुभएकै छ।’

‘हाम्रो पार्टीले निर्णय गरेपछि अरु पार्टीमा भूकम्प चल्यो होला, उहाँहरुले केही दिन माग्नुभयो होला सबै दोष हाम्रो मन्त्रीहरुलाई नदिऔं’ उनले भने। पार्टीको आदेश सबै चल्ने भएकाले मन्त्रीहरूलाई आशंका नगर्न सबैलाई आग्रह गरे।

यसैबीच गठबन्धन टुटाउन षड्यन्त्र भइरहे पनि इमान्दारिताका साथ प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायम राखेर जाने उनले दाबी गरे। 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : ५८ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,