‘कलासँगै स्टारडम पनि चाहिन्छ’ « Khabarhub

‘कलासँगै स्टारडम पनि चाहिन्छ’


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मदन पुरस्कार’ प्राप्त राधा पौडेलको उपन्यास ‘खलंगामा हमला’ माथि फिल्म निर्माण हुने भएको छ । मंगलबार साँझ एक कार्यक्रमको आयोजना गर्दै पुस्तकलाई विनोद विष्ट फिल्ममा ल्याउने घोषणा गरियो । निर्देशक विष्टले पछिल्लो समय झमक कुमारी घिमिरेको जीवनीमा आधारित पुस्तक ‘जीवन काँडा कि फुल’ लाई फिल्म बनाएका थिए । यसपटक निर्देशक विष्टले राधाको कृतिलाई फिल्ममा उतार्न लागेका हुन् । २०५९ कार्तिक २८ गते माओवादीले जुम्लाको खलंगामा आक्रमण हुँदा त्यो समयमा त्यहाँ राधा नर्सका रुपमा कार्यरत थिइन् ।

त्यही समयको सेरोफेरोलाई उनले पुस्तकमा उतारेकी थिइन् । ‘स्क्रिप्टलाई फाइनल गर्न करिब ९ महिना लाग्नेछ । लेखिकासँगै बसेर स्क्रिप्ट फाइनल गरेपछि हामी कलाकार र प्राविधिक छनोट गर्नेछौ’, निर्देशक विष्टले भने । पछिल्लो फिल्मको सिकाईलाई निर्देशक विष्टले यसमा प्रयोग गर्ने समेत बताए । ‘पछिल्लो फिल्ममा चलेको अनुहार राख्न पाइएन । किनकी झलकजी जस्तो देखिने अनुहार नै पाइएन । यद्यपि यसपटक हामी चलेको अनुहार नै राख्ने सोचमा छौँ’ निर्देशक विष्टले भने ।

उनले कलालाई अगाडि ल्याउन पनि चलेको स्टार चाहिने बताए । ‘हामीले फिल्मलाई राम्रो त बनाउनु पर्छ नै । साथै हालसम्म ल्याउन स्टारडम पनि चाहिने रैछ । अनि मात्र आफ्नो कथालाई धेरै दर्शकसम्म पुर्‍याउन सकिने रहेछ’ निर्देशक विष्टले भने । उनको बुझाइमा आफ्नो पछिल्लो फिल्म ‘जीवन काँडा कि फुल’ व्यवसायिक रुपमा असफल हुनुमा चलेको अनुहार नहुनु पनि एक कारण हो । निर्देशक विष्टले पुस्तकमा आधारित रहेर फिल्म बनाउँदा त्यहाँबाट बाहिर जान नसकिने उल्लेख गर्दै पुस्तक र पात्रलाई न्याय दिनेमा आफू विश्वस्त रहेको बताए । राधाले आफूले फिल्म ‘जीवन काँडाको फूल’ हेरेपछि विनोदको कामप्रति विश्वास बढेको बताइन् । निर्देशक विष्ट पनि फिल्मलाई पुस्तकको मर्म नमर्ने गरि कमर्सियल भ्यालु थप गरेर तयार गर्ने सोचमा छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : २५ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले न स्यारेर कसले स्यार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट