नेपाली फिल्ममा साउथ इन्डियन कमेडियन अलि अनुबन्धित  « Khabarhub

नेपाली फिल्ममा साउथ इन्डियन कमेडियन अलि अनुबन्धित 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार तथा प्राविधिकहरू अनुबन्धित भएको खबरहरु आइरहेका छन् । नीता ढुंगानाको निर्माण रहने फिल्ममा भारतीय फिल्म पुष्पाका भिलने सुनिल वर्मा , गजनीको भिलने प्रदीप सिंह रावत अनुबन्धित भइसकेका छन् । यस्तै फिल्मलाई हालै हिरोपन्ती २ खिचेका कबीर लालले खिच्ने तय भइसकेको छ । यो फिल्ममा अर्का भारतीय कलाकार अलि अनुबन्धित भएका छन् । 

साउथ इन्डियन फिल्महरुमा प्राय कमेडियनको भूमिकामा देखिँदै आइरहेका अलिले नेपाली फिल्ममा अभिनय गर्ने सम्झौता भएको नीताले बताइन् । फिल्मकी कलाकारसँगै निर्मात्री समेत रहेकी नीताले अन्य कलाकार र प्राविधिकको बारेमा विस्तारै जानकारी दिने समेत बताइन् । फिल्म नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने भएकोले भारतीय प्राविधिक तथा कलाकारलाई समेटिएको निर्देशक चन्द्र पन्तले बताए । ‘फिल्म दुई भाषामा बन्दैछ । हामी कुनै सम्झौता बिना फिल्म तयार गर्ने तयारी गरिरहेका छौँ । भारतीय प्राविधिक कलाकार तथा प्राविधिक पनि संलग्न हुने भएकाले उहाँलाई लिएका हौं ’ निर्देशक पन्तले भने ।

फिल्मको छायांकन भारतको ‘रामोजी फिल्म सिटी’ मा छायांकन हुने भएको छ । फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टि गरेका छन् । हालै फिल्म निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको हरिहरले बताए । संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’ मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो । बलिउड तथा दक्षिण भारका अधिकांश फिल्महरू उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् । नीता फिल्म्सले भारतीय कम्पनी काकत्यान प्रोडक्सनसँग मिलेर फिल्म निर्माण गर्ने फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय प्राविधिकसँगै चिनिएका कलाकारहरू रहने निर्देशक पन्तले बताएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : ५२ बजे

पश्चिम एसिया तनाव : इस्लामावादमा पाकिस्तान, साउदी, टर्की र इजिप्टका विदेश मन्त्रीहरूको बैठक

इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा