दीपेन्द्र भन्छन्, ‘चिसो मान्छे हाम्रो तीतो यथार्थ हो’  « Khabarhub

दीपेन्द्र भन्छन्, ‘चिसो मान्छे हाम्रो तीतो यथार्थ हो’ 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता निर्देशक दीपेन्द्र के खनाल नेपालीपन बोकेको मौलिक फिल्म मार्फत दर्शक सामु प्रस्तुत भइरहेका छन् । आफ्ना फिल्महरूमा फरक गर्न रुचाउने दीपेन्द्र ‘चिसो मान्छे’ का साथ दर्शक माझ आउँदैछन् । पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्मको ट्रेलरलाई दर्शकले नोटिस गरेका छन् । उनलाई यो आइडियामा फिल्म बनाउने चेत लकडाउनको समयमा आएको रहेछ । 

महामारीको समय पश्चात लकडाउन केही खुकुलो भएपछि विदेशमा ज्यान गुमाउने नेपालीको एकैसाथ ३० भन्दा बढी शव कतार लगायतका मुलुकबाट ल्याइयो । ती शव वैदेशिक रोजगारीको लागि त्यहाँ पुगेका नेपालीको थियो । त्यसलाई समाचारमा नियाली रहेका निर्देशक खनालले फिल्म बनाउने मेसो पाए । ‘मलाई त्यो घटनाले कथासँग झनै जोड्यो । त्यसपछि कथाले पनि मोटिभ पायो’ निर्देशक खनालले भने । 

उनले निर्देशन गरेको फिल्म ‘चिसो मान्छे’ मा नेपाल ल्याइएको शवलाई बुझेपछि एक विपन्न परिवारले काठमाडौंदेखि बाजुरासम्म गरेको यात्राको कथा भन्छ । आफू निर्देशित अन्य फिल्म भन्दा यसलाई खास बताउने निर्देशक खनालले अघिल्ला भन्दा यो फिल्म आफ्नो लागि विशेष भएको बताए । ‘यो कथामा रिलेट नगर्ने कमै हुन्छन । किनकी यो घटना हरेक टोल र नगरमा घटिरहेका हुन्छन्’ दीपेन्द्रले भने । 

उनले फिल्मको ट्रेलरमा देखिएको नै कथा नभएको बताए । ‘हामीले फिल्मलाई ट्रेलरमा देखाएका छैनौँ । कथा त फिल्म हेर्न आएपछि थाहा पाउनु हुनेछ । ट्रेलर त ट्रेलर नै हो’ निर्देशक खनालले भने । पछिल्लो समय एकपछि अर्को सोसल ड्रामा फिल्म निर्देशन गरिरहेका खनालले पशुपति प्रसाद र आमाको सिक्वेल निर्देशन गर्ने तयारी समेत गर्दैछन् । 

‘आफ्नै समाजको कथा भन्दा आनन्द आउँछ । त्यसैले सोसल ड्रामालाई निर्देशन गरिरहेको छु । हामीसँग भन्ने कथा धेरै छन् । त्यसलाई मेहनत गरेर दर्शकसम्म ल्याउनै पर्छ’ निर्देशक खनालले भने । फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतको अभिनय रहेको छ । कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रालाई समेटेर तयार पारिएको ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् । 

फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ । दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : ५७ बजे

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी