आईजीपी बढुवामा असन्तुष्ट एआईजी विश्वराज पोखरेलको विदा अस्वीकृत « Khabarhub

आईजीपी बढुवामा असन्तुष्ट एआईजी विश्वराज पोखरेलको विदा अस्वीकृत


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी महानिरीक्षक आईजीपी बढुवाका विषयमा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको १० दिने बिदा अस्वीकृत भएको छ ।

महानिरीक्षक धीरजप्रताप सिंहले उनको बिदा अस्वीकृत गरेका हुन् । सरकारले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्ट पोखरेल एक महिनाका लागि बिदा बसेका थिए ।

उनले लिएको बिदा मंगलबार सकिएसँगै पुनः १० दिनको बिदा माग गरेका थिए । वर्षायाममा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप आउने समय सुरु भएकाले विषम परिस्थितिलाई मध्यनजर गर्दै बिदा अस्वीकृत गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पोखरेलले आफूभन्दा कनिष्ठ एआईजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको भन्दै अदालतमा रिट दारयर गरेका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा आफू अघि रहेको दाबी गर्दै आएका छन् ।

सरकारले मंगलबार मात्रै उनलाई सरुवा गरेर प्रदेश समन्वय विभागमा पठाएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : ४२ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड