आईजीपी बढुवामा असन्तुष्ट एआईजी विश्वराज पोखरेलको विदा अस्वीकृत « Khabarhub

आईजीपी बढुवामा असन्तुष्ट एआईजी विश्वराज पोखरेलको विदा अस्वीकृत


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी महानिरीक्षक आईजीपी बढुवाका विषयमा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको १० दिने बिदा अस्वीकृत भएको छ ।

महानिरीक्षक धीरजप्रताप सिंहले उनको बिदा अस्वीकृत गरेका हुन् । सरकारले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्ट पोखरेल एक महिनाका लागि बिदा बसेका थिए ।

उनले लिएको बिदा मंगलबार सकिएसँगै पुनः १० दिनको बिदा माग गरेका थिए । वर्षायाममा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप आउने समय सुरु भएकाले विषम परिस्थितिलाई मध्यनजर गर्दै बिदा अस्वीकृत गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पोखरेलले आफूभन्दा कनिष्ठ एआईजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको भन्दै अदालतमा रिट दारयर गरेका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा आफू अघि रहेको दाबी गर्दै आएका छन् ।

सरकारले मंगलबार मात्रै उनलाई सरुवा गरेर प्रदेश समन्वय विभागमा पठाएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : ४२ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै