पोखरामा चैते-५ धानको सफल परीक्षण « Khabarhub

पोखरामा चैते-५ धानको सफल परीक्षण


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा चैते–५ जातको धानको परीक्षण सफल भएको छ । परीक्षणका लागि पोखरा महानगरपालिकाले किसानलाई बीउ दिएर लगाइएको खेतीमा राम्रो उत्पादन भएको बताइएको छ ।

चैते-५ लगाएका किसानहरू सन्तुष्ट बनेका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । पोखरा १३ को आर्वा फाँटमा यसको परीक्षण गरिएको थियो ।

धानमा बाला राम्रो लागेकोले यो जातको धान लगाउने किसानहरू खुशी देखिएका आर्वाघारी कुलो उपभोक्ता समितिका अध्यक्ष देवराज पौडेलले बताए । ‘अरु जातभन्दा यसको उत्पादन राम्रो छ । बाला राम्रो लागेको छ,’ उनले भने, ‘चामलको स्वाद मिठो छ । त्यसैले यो धान किसानले प्रयोग गर्दा फाइदा बढी छ ।’

चैते धानको प्रवर्द्धन गर्न महानगरका ४ वटा क्लस्टरमा खेती गरिएको कडरियाले बताए । महानगरले किसानलाई अनुदान दिएको छ । हाते ट्याक्टर र त्रिपाल लगायतका सामग्री समेत सहयोग गरिएको उनले जानकारी दिए ।

‘यो धान अरुभन्दा दोब्बर फल्छ । धान मसिनो र खान पनि मिठो छ,’ उनले भने, ‘यसको प्रवर्द्धन गर्न सके पोखरामा आयात घट्दै जान्छ ।’ चैते ५ जातको धान १२० दिनमा पाक्ने विज्ञहरूले बताए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १० : ४१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन