ईद उल फित्रको अवसरमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा  « Khabarhub

ईद उल फित्रको अवसरमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा 


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा दिइने भएको छ । कतारको श्रम मन्त्रालयले निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत कामदारका लागि ईद उल फित्रको तीन दिने बिदा घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार श्रम कानूनको अधीनमा रहेका निजी क्षेत्रका प्रतिष्ठानहरूमा कामदारहरूको लागि ईद अल(फित्रमा तीन दिन बिदा दिने निर्णय गरेको हो । कामको अवस्था हेरी इदको बिदामा कामदारलाई काममा लगाउनु पर्ने भएमा श्रम कानूनको दफा ९७४० मा उल्लेखित ओभरटाइम काम र भत्ता सम्बन्धी व्यवस्था लागू हुने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले इद उल फित्रको अवसरमा सबै रोजगारदाता र श्रमिकमा शुभकामना व्यक्त गरेको छ । कतार लगायत खाडी मुलुकहरुमा शनिबार ईदको पहिलो दिन रहेको छ । ईदको अवसरमा दोहास्थित नेपाली दूतावास पनि दुई दिन बन्द रहेन छ ।

बन्द दिनहरूमा अत्यावश्यक काम परेको खण्डमा ३३६९३२९८ मा व्हाट्सएपमार्फत म्यासेज गर्न सकिने दूतावासले जनाएको छ ।
जुलाई १२ तारिख मंगलबारबाट दूतावासको कार्यालय पुन सञ्चालनमा हुने जनाएको छ । 

अहिले कतारमा कानुनी रुपमा ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला पनि कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ११ : ३४ बजे

उद्यमशीलताको विकास : युवा योजना र राज्यको सहजीकरण

राज्यले आफू पुग्ने गन्तव्यलाई प्राथमिकतामा राखेर अघि बढ्न नसकेको र

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौं– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी– जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना