ईद उल फित्रको अवसरमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा  « Khabarhub

ईद उल फित्रको अवसरमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा 


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा दिइने भएको छ । कतारको श्रम मन्त्रालयले निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत कामदारका लागि ईद उल फित्रको तीन दिने बिदा घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार श्रम कानूनको अधीनमा रहेका निजी क्षेत्रका प्रतिष्ठानहरूमा कामदारहरूको लागि ईद अल(फित्रमा तीन दिन बिदा दिने निर्णय गरेको हो । कामको अवस्था हेरी इदको बिदामा कामदारलाई काममा लगाउनु पर्ने भएमा श्रम कानूनको दफा ९७४० मा उल्लेखित ओभरटाइम काम र भत्ता सम्बन्धी व्यवस्था लागू हुने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले इद उल फित्रको अवसरमा सबै रोजगारदाता र श्रमिकमा शुभकामना व्यक्त गरेको छ । कतार लगायत खाडी मुलुकहरुमा शनिबार ईदको पहिलो दिन रहेको छ । ईदको अवसरमा दोहास्थित नेपाली दूतावास पनि दुई दिन बन्द रहेन छ ।

बन्द दिनहरूमा अत्यावश्यक काम परेको खण्डमा ३३६९३२९८ मा व्हाट्सएपमार्फत म्यासेज गर्न सकिने दूतावासले जनाएको छ ।
जुलाई १२ तारिख मंगलबारबाट दूतावासको कार्यालय पुन सञ्चालनमा हुने जनाएको छ । 

अहिले कतारमा कानुनी रुपमा ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला पनि कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ११ : ३४ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित