मोदीले पुटिनलाई दिए रूसी भाषामा लेखिएको गीता उपहार « Khabarhub

मोदीले पुटिनलाई दिए रूसी भाषामा लेखिएको गीता उपहार


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार भारत पुगेपछि द्विपक्षीय संवाद र भेटघाट जारी छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई विमानस्थलमै विशेष स्वागत गरे । स्वागतपछि पुटिनलाई मोदीले रूसी भाषामा अनुदित गीता उपहारस्वरूप दिएका छन् ।

पुटिन २३औँ भारत–रूस शिखर सम्मेलनका लागि दुई दिने भारत भ्रमणमा आएका हुन्। यसअघि उनी सन् २०२१ मा भारत आएका थिए। उनलाई स्वागत गर्न मोदी प्रोटोकल तोडेर आफैं पालम एयरपोर्ट पुगेका थिए।

मोदीले एयरपोर्टमा पुटिनलाई अँगालो मारेर स्वागत गरेका थिए। त्यसपछि दुवैजना एउटै कारमा बसेर प्रधानमन्त्री निवास पुगे, जहाँ पुटिनको सम्मानमा निजी डिनर आयोजना गरिएको थियो।

मोदीले पुटिनलाई रूसी भाषामा लेखिएको भगवद्गीताको प्रति उपहार दिए। उनले एक्समा लेखे, ‘मित्र पुटिनलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ।’

शुक्रबार बिहान ११ बजे पुटिनको औपचारिक स्वागत राजकीय सम्मानसहित गरिएको छ। स्वागतपछि पुटिन राजघाटमा पुष्पाञ्जलि अर्पण गर्न पुगे । त्यसपछि दुवै नेता शिखर सम्मेलनका लागि हैदराबाद हाउस पुगेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : ३४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार