बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र | Khabarhub Khabarhub

बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–२ खबराहाडेभिरमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–बेनी सडकको अन्तिम खण्डमा पर्ने खबराहाडेभिरमा कालोपत्र गरेको हो ।  करिब २० किलोमिटर दूरीको बागलुङ–बेनी सडकको तीन किलोमिटर ८०० मिटर दूरीको भुवाने–हुलाकेबाहेक सबै ठाउँमा कालोपत्र भएको छ । खबराहाडेभिरमा सडक कालोपत्र गर्न बिरुवा–सिमरन जेभीले विसं २०७७ साउनमा करसहित रु पाँच करोड ४३ करोड ३७ हजार ५९९ मा ठेक्का सम्झौता गरेको थियो । 

कोरोना कारण र सार्वजनिक खरिद ऐनमा भएको संशोधन अनुसार यही असारसम्म थपिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि प्रदीप सापकोटाले एक किलोमिटर २०० मिटर सडक कालोपत्र गर्ने काम बिहीबार सकिएको जानकारी दिए । ‘भत्किएको नाली सफा र पर्खाल मर्मत तथा ट्राफिक सङ्केत चिह्न राखेर हस्तान्तरण गर्ने तयारीमा छौँ’, उनले भने, ‘हाडेभिरको पहाड काटेको ठाउँमा ढलान भएको छ ।’ कच्ची, साँघुरो र ग्रेड तथा घुम्ती नमिलेको सडकलाई कम्तीमा सात मिटरका दरले कालोपत्रे गरिएको छ । पहिरो रोकथामका लागि पर्खाल र भलबाढी व्यवस्थापन गर्न नाली बनाइएको छ ।

हाडेभिरको पहाड काटेर सडक विस्तार गर्न स्थानीय प्रशासनसँग समन्वय गरी समय तालिका बनाएर यातायात सञ्चालन गरिएको थियो । सदरमुकाम नजिकै भए पनि हाँडेभिरखबराको सडक बर्खामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने समस्या थियो । कालोपत्र भएपछि सहज र सुरक्षितरुपमा यात्रा गर्न पाएको खबराका बासिन्दा कमल सुवेदीले बताए । ‘हिलो र धुलोबाट मुक्ति मिलेको छ’, उनले भने, ‘भसभसेको पहिरो नियन्त्रण गर्न सकेमा यो सडक दिगो हुने थियो ।’

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले निर्माण व्यवसायीले डिबिएसडी प्रविधिको कालोपत्र भएको बताए । ‘कामको मूल्याङ्कन, अनुगमन र नापजाँच गरेपछि हस्तान्तरण हुन्छ’, उनले भने,’मौसमले साथ दियो र निर्माण व्यवसायीले निर्माण सामग्री, उपकरण र मजदुर व्यवस्थापन गर्न सकेकाले कालोपत्र गर्न सकियो ।’

बागलुङ–बेनी म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक हो । यो सडकको विसं २०५२ मा मार्ग खुलेको थियो । बागलुङको रामरेखाबाट दश वर्षअघिदेखि सडक कालोपत्र गर्न थालिएको थियो । ९२ प्रतिशत भौतिक प्रगति भएको भुवाने–खबरा खण्डका निर्माण व्यवसायी दुई वर्षपछि काममा फर्किए पनि यसपालि पूर्णता नपाउने देखिएको छ । रत्नेचौरदेखि खबरासम्मको सडक कालोपत्रे नसकिँदै लकडाउन (बन्दाबन्दी) भएर विसं २०७६ चैत महिनादेखि रोकिएको थियो । 

रु १३ करोड १५ लाखमा नागार्जुन देव एण्ड सायर बिएन जेभीले ठेक्का लिएको थियो । विसं २०७६ माघमा सातदेखि दश मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा पहिलो चरणको डिबिएसडी प्रविधिको कालोपत्रे बिछ्‌याइएको थियो । कोरोना (भाइरस) को महामारी फैलिएपछि सोही सालको चैतमा गर्ने भनिएको दोस्रो चरणको कालोपत्रे हुन सकेन । 

बर्खामा पहिरोले तीन ठाउँमा सडक भासियो । धेरै ठाउँमा नाली पुरिएको र कालोपत्र उप्किएको छ । पहिरो पन्छाउने र मर्मतसँगै दोस्रो चरणको कालोपत्र गर्न उपकरण र निर्माण सामग्री परिचालन भए पनि पूर्णता पाउन केही समय लाग्ने भएको हो । 

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १२ : १८ बजे

परराष्ट्रमन्त्रीले भनिन्- हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल

काठमाडौ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी- इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि

‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’

काठमाडौ– नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले जलवायु परवर्तनको असर रोक्न