अवैध लागूऔषधसहित तीन जना पक्राउ  « Khabarhub

अवैध लागूऔषधसहित तीन जना पक्राउ 


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झापा र मोरङबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

झापाको झापा गाउँपालिका–३ झाटीस्थित खाली घरबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३ रुईमारी बस्ने २२ वर्षीय फरमान अली र सोही गाउँपालिका–४ बस्ने ३२ वर्षीय मनोज गणेश रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा, इलाका प्रहरी कार्यालय कुमारखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

साथै उनीहरूले प्रयोग गरेको प्र–१–०१–९१३ प ८३४० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० बस्ने ३२ वर्षीय केशव तामाङलाई करिब १ किलो १२० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।    

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : १७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल