देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला  « Khabarhub

देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला 


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानमा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सल्यान, महोत्तरी, कञ्चनपुर, नवलपरासी (पूर्व) र डोटीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–६ भट्टाचौरस्थित शारदा नदीमा सोही ठाउँ बस्ने ५० वर्षीय डोल बहादुर भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नदीमा माछा मार्न भनी बिहीबार राति गएका उनको सोही नदीमा शव फेला परेको हो ।

महोत्तरीको सम्सी गाउँपालिका–४ गैंडाभेटपुर गाँउबाट पश्चिम धान खेतमा बर्दीबास नगरपालिका–२ बुद्ध चोक बस्ने ३५ वर्षीय आशिष कार्की शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ जिरो प्वाईन्टस्थित महाकाली नदी बीच भागमा भारत चम्पावत बस्ने ५५ वर्षीय शंकर पाठक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका–१४ दुवारी बस्ने ४१ वर्षीय भोज बहादुर बारघरे सोही ठाउँ थारुडाँडास्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । असार ६ गते घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

यसैगरी नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–१ मौलाकालिका सामुदायिक वनको भोटेखोलास्थित पानी नभएको खोल्सोमा हाल पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

डोटीको शिखर नगरपालिका–१० बान्डुग्रीसैनस्थित सेती नदी किनारामा हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : ३७ बजे

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई जित्दै रवीन्द्र फाइनलमा

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

भक्तपुर– नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित