प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रमलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् ।

त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आज आयोजित सो विश्वविद्यालयको ६३ औँ वार्षिक दिवसको अवसरमा आज आयोजित वार्षिक र साधारण दुवै सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति देउवाले समाजका सबै वर्ग, समुदायले सहज र सुलभ रुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा, सिर्जना राष्ट्र र समाजको लागि उपयोग गर्न सक्ने वातावरण निर्माणको राष्ट्रिय दायित्व रहेको जानकारी दिए । 

उनले उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई आफ्नै देशमा उनीहरूका रुचि र बजारको मागअनुसार शिक्षा प्राप्त गर्ने वातावरण बनाई राष्ट्रको ठुलो धनराशि जोगाउन विश्वविद्यालयका पदाधिकारी समक्ष अनुरोध गरेका थिए ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले गौरवशाली इतिहास बोकेको सो विश्वविद्यालयबाट उत्पादित जनशक्तिले नै मुलुकको राजनीति, प्रशासन, शिक्षा र व्यवसाय धानिरहेको उल्लेख गर्दै विश्वविद्यालयको व्यवस्थापन तथा पदाधिकारीविरुद्ध पछिल्ला दिनमा गैर प्राज्ञिक तथा अराजनीतिक गतिविधिमार्फत नाजायज माग पूरा गराउन भइरहेको असभ्य गतिविधिको अन्त्य हुनुपर्ने बताए । 

त्रिविलाई राष्ट्रको इतिहास, संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई जोगाइराख्नु पर्ने, विश्व परिवेशमा मानव हितका लागि सिर्जित नयाँ ज्ञान र प्रविधि प्रयोगको दायित्व बढाउने रहेको बताए । 

उनले सरकारले यसै वर्षको नीति कार्यक्रम तथा बजेटमा त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने लक्ष्य लिएकाले आफ्ना विगतको प्राज्ञिक यात्राको समीक्षा गरी प्रतिस्पर्धी शैक्षिक केन्द्रको रूपमा अघि बढ्न विश्वविद्यालयलाई आग्रह गर्दै आफूले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बैठकले ६० औँ ग्रेस लिस्ट पारित गरेको छ ।

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : ३४ बजे

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात