रेडियो नेपाल सबैको रोजाइ हुनुपर्छ : मन्त्री कार्की « Khabarhub

रेडियो नेपाल सबैको रोजाइ हुनुपर्छ : मन्त्री कार्की


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘रेडियो नेपाल’ लाई सबैको पहुँच मात्रै नभएर सबैको रोजाइ बनाउनुपर्नेमा जोड दिएका छन् । 

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले आज आयोजना गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन’ तथा समावेशी तालीम समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले रेडियो नेपालले अझै सबै भाषा भाषी, जातजाति र भूगोललाई एकीकृत र प्रोत्साहन गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको रोजाइ बन्नुपर्ने बताए। 

‘अहिले रेडियो सबैको पहुँचमा छ, सबैको पहुँचमा मात्रै होइन, यसलाई स्वदेश र विदेशमा रहेका सबै नेपालीको रोजाई बनाउँदै हरेक भाषामा बज्ने समाचार, गीत र कार्यक्रम सबैको लागि लोकप्रिय बनोस्, त्यस उद्देश्यका साथ अगाडि बढ्नुपर्छ’, उनले भने ।

 मन्त्री कार्कीले रेडियो नेपालले प्रकाशन गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक’ को विमोचन गर्दै नेपालको आर्थिक र सामाजिक, धरातलीय यर्थाथलाई मनन गर्दै रेडियो नेपालको गरिमालाई अझै अभिवृद्धि गर्ने उद्देश्य र समर्पणका साथ लाग्न निर्देशन समेत दिए । 

सरकारका प्रवक्ता कार्कीले नेपालको विविध भाषा भाषी, जातजाति, पहाड, हिमाल र तराई सबै भूभागलाई राष्ट्रिय पुँजीको रूपमा विकास गरेर मधेस, पहाडबीचमा भएको अन्तर सम्बन्धलाई अझ सुदृढ गरेर मुलुकलाई जतिसक्दो चाँडो विकासको बाटोमा लैजानुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले भने, ‘हाम्रो मुलुक भूगोलका हिसाबले हिमाल, पहाड र तराई मधेसमा विभाजन छ, जातजातिको, भाषाको हिसाबले विविधतामा छ, यो हाम्रो मुलुकको विशिष्ट पहिचान हो, विश्वमा नै यस किसिमको भौगोलिक विविधता भएको र यती धेरै भाषा भाषी भएको देश थोरै छन्, नेपालको जातीय सद्भावलाई अझ समृद्ध गर्दै लैजानुपर्छ । सबै भाषा भाषीको संरक्षण गर्दै मुलुकलाई विकासको गतिमा अगाडि बढाउनुपर्छ ।’

सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले रेडियो नेपालले श्रोताको मन जित्ने गरी समाचार तथा कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : ५८ बजे

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना