पूर्वपर्यटनमन्त्री शेर्पा सवार गाडी दुर्घटना, तीन घाइते « Khabarhub

पूर्वपर्यटनमन्त्री शेर्पा सवार गाडी दुर्घटना, तीन घाइते


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता सवार गाडी दुर्घटनामा परेको छ । पूर्वपर्यटनमन्त्री कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा पूर्वपर्यटन मन्त्री शेर्पा सामान्य घाइते भएका छन् । उनीसँगै सवार एमाले पोलिटब्यूरो सदस्य गोकुल घर्ती, आदिवासी जनजाति महासङ्घका महासचिव पेम्बा गुरुङ र आदिवासी जनजाति उपमहासचिव देवराज राई घाइते भएका छन् ।

घाइतेको उद्धार गरी सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । प्राथमिक उपचारपछि घाइते तीनलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि मौसमका कारण हेलिकप्टर असम्भव भएपछि एम्बुलेन्समार्फत काठमाडौँ लगिने तयारी गरिएको छ । घाइते तीनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ प्रदेश नं १ को विस्तारित बैठकमा भाग लिन धनकुटा जाने क्रममा मदनभण्डारी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–१४ चन्दनपुरमा उनीहरू सवार गाडी दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार उनीहरू सवार बा २ च ९००३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ०४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु