पाकिस्तानको बलोचिस्तानमा गोली हानी तीन कामदारको हत्या « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा गोली हानी तीन कामदारको हत्या


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको बलोचिस्तान प्रान्तमा तीन कामदारको हत्या भएको छ । बलोचिस्तान प्रान्तको हरनई जिल्लामा रहेको एक श्रम शिविरमा बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा तीन कामदार मारिएका हुन् ।

सुरक्षा अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार बन्दुकधारीले आक्रमण गर्ने बेला सो शिविरमा १ सय भन्दा धेरै कामदार रहेका थिए ।

बन्दुकधारीले आक्रमण गरेसँगै शिविरमा समेत आगजनी गरेका अधिकारीले जनाएका छन् ।

पछिल्ला केही समययता पाकिस्तानको बलोचिस्तान राज्यमा हिंसात्मक आक्रमणका घटना बढ्दै जान थालेको बताइएको छ । यसअघि बलोचिस्तानको एउटा कोइला खानीमा आक्रमण हुँदा चार जना कामदारको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १० : २० बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण