जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति सरकारद्वारा शनिबार राष्ट्रिय शोकको घोषणा « Khabarhub

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति सरकारद्वारा शनिबार राष्ट्रिय शोकको घोषणा


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा यही असार २५ गते शनिबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबारलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको हो । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना समेत गरेको छ ।

नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : १० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा