जापानी जनताका ‘राजकुमार’ सिन्जो आवे, जसको चुनावी सम्बोधनका क्रममा हत्या गरियो « Khabarhub

जापानी जनताका ‘राजकुमार’ सिन्जो आवे, जसको चुनावी सम्बोधनका क्रममा हत्या गरियो


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आवे आम नागरिकका विचमा निकै लोकप्रिय नेता थिए ।

दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आवेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए ।

आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति इमान्दार हुँदै राजीनामा दिएका थिए । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गरेका लिवरल डेमोक्रेटिक पार्टीका नेता आवेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै विदा लिनुपरेको छ ।

आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट उनको निधन भएको हो ।

सन् १९५४ मा जन्मिएका आवेको ६७ बर्षको उमेरमा निधन भएको हो । उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए । त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरेका थिए ।

राजनीतिमा भने उनी सन् १९८२ मा तत्कालिन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए । उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए ।

उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रीपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए ।

मन्त्रीपरिषद्मा भने २००५ मा उनले पहिलोपटक सहभागी हुने मौका पाएका थिए ।

उनी पहिलोपटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यतिबेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।

आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो । उनको राष्ट्रवादी धारका कारण उनले चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेका थिएनन् ।

राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका विचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उनका बुवा शिनतारो आबे जापानको विदेशमन्त्री बनेका थिए भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १० : ५९ बजे

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका

अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध

एजेन्सी– डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले क्युबा सरकारमाथि थप कडा आर्थिक

बालाजु र माछापोखरीका अतिक्रमित संरचनामा डोजर

काठमाडौं– नदी किनार र अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउने

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा