विश्व इतिहासमा आज : ‘ग्रेट ट्रेन रबरी’देखि ब्रुकलिनमा ‘ईएफ२’आँधीसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : ‘ग्रेट ट्रेन रबरी’देखि ब्रुकलिनमा ‘ईएफ२’आँधीसम्म


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन २३ गते सोमबार । सन् २०२२ को अगस्ट ८ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००७ अगस्ट ८ मा न्यूयोर्कको ब्रुकलिनमा ‘ईएफ२’ आँधी आएको थियो । सन् १८८९ पश्चात यो सबैभन्दा ठुलो आँधी थियो ।

सन् २००० अगस्ट ८ मा १ सय ३६ वर्ष पहिले डुबेको कन्फेडरेट पन्डुब्बी एच.एल.हन्लेलाई सतहमा ल्याइएको थियो । दक्षिणी क्यारोलिनाको चार्लस्टनको बाहिरी बन्दरगाह यूएसएस हुसेटोनिकमाथि सफलतापूर्वक आक्रमण गरेसँगै सो पन्डुब्बी डुबेको थियो ।

सन् १९८८ अगस्ट ८ मा एङ्गोला, क्युबा र दक्षिण अफ्रिकाले युद्धविराम सन्धीमा हस्ताक्षर गरेको थियो । सन् १९६६ मा सीमा युद्ध सुरु भएको थियो ।

सन् १९८८ अगस्ट ८ म्यानमारमा ‘८८८८’ विरोधको सुरुवात भयो । बर्माको राजधानी याङ्गुनमा विद्यार्थीको विरोधसँगै स्वतन्त्रताका लागि आवाज उठ्न थालेको थियो । जनरल नी वीनको एक-पार्टी शासनको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । एक महिनासम्म चलेको सो आन्दोलनलाई रोक्न सरकारले हिंसाको प्रयोग गरेको थियो । वरिष्ठ सेना अधिकारीहरुले बनेको राज्य शान्ति र विकास समितिले सत्ता कु गरेसँगै प्रदर्शनको अन्त्य भएको थियो । सन् १९८८ अगस्ट ८ मा सुरु भएको कारण सो प्रदर्शनलाई ‘८८८८’ नाम दिइएको थियो ।

सन् १९८० अगस्ट ८ मा राईट ब्रदर्शले हवाई जहाजलाई पहिलो पटक सार्वजनिक गरेका थिए । सन् १९०३ मा आफ्नो पहिलो सफल उडान भरेपश्चात फ्रान्सको, ले मान्सस्थित एक रेसकोर्समा दुई दाजुभाइले सो हवाईजहाजको क्षमता प्रदर्शन गरेका थिए । पाइलट विल्बरले १ मिनेट ४५ सेकेन्डसम्म भरेको सो उडानले दर्शकलाई आकर्षित गर्दै आलोचकहरुको बोली बन्द गरेको थियो ।

सन् १९७९ अगस्ट ८ मा एक विशेष इराकी अदालतले राज्यविरद्ध षड्यन्त्र गरेको दोषी ठहर गर्दै २२ मानिसलाई मृत्यु दण्डको सजाय सुनायो।

सन् १९७४ अगस्ट ८ मा संयुक्त राज्य अमेरिकाका ३७औँ राष्ट्रपति रिचार्ड निक्सनले ‘वाटरगेट स्क्यान्डल’ राजीनामा दिए । वाटरगेट कम्प्लेक्सस्थित लोकतान्त्रिक राष्ट्रिय समितिको मुख्यालयमा भएको चोरीमा निक्सन सरकार संलग्न भएको पुष्टि भएसँगै सो स्क्यान्डल चरम विन्दुमा भएको थियो । सोही खुलासाका कारण कंग्रेसले निक्सनविरुद्ध महाअभियोग दर्ता गरेको हो। कार्यकालको दौरान राजीनामा दिने निक्सन अमेरिकाको इतिहासमा पहिलो राष्ट्रपति बने ।

सन् १९६९ अगस्ट ८ मा फोटोग्राफर इयान म्याकमिलनले प्रसिद्ध म्युजिकल रक ब्यान्ड ‘द बीटल्स’ को ऐतिहासिक तस्वीर खिचे । लन्डनको अयाबी रोडको मध्य भागमा भएको जेब्रा क्रसिङ क्रस गर्ने क्रममा खिचिएको सो तस्वीर २०औँ शताब्दीको सबैभन्दा चर्चित तस्वीर बन्यो । सो तस्वीरलाई बीटल्सको ‘अयाबी रोड’ नामक ११औँ एल्बमको कभरमा प्रयोग गरिएको थियो ।

सन् १९६७ अगस्ट ८ मा दक्षिणपूर्वी एशियाली राष्ट्रहरुको संघ (एसियन) को स्थापना भएको थियो । थाइल्याण्डको बैंककमा बैंकक घोषणामा इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर र थाइल्याण्डले हस्ताक्षर गरी आर्थिक र राजनैतिक सङ्गठनको रुपमा एसियनको स्थापना भएको थियो । यस संस्थाको उद्देश्य क्षेत्रीय शान्ति र स्थिरताको साथ आर्थिक विकासलाई प्रोत्साहन गर्ने रहेको छ। आजको दिनसम्म आउँदा यस संस्थामा १० सदस्य राष्ट्रहरू छन् ।

सन् १९६३ अगस्ट ८ ‘ग्रेट ट्रेन रबरी’ भएको थियो । ग्लासगोबाट लन्डन जाँदै गरेको रोयल मेल ट्रेन लन्डनको उत्तरी क्षेत्रमा भएको ब्रिडेगो ब्रिजको आसपासको इलाकामा हतियारसहित भएको सो दकैतीमा २० लाख ६० हजार पाउन्डको चोरी भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ३९ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता