हालान्डको दुई गोलमा सिटीको जित « Khabarhub

हालान्डको दुई गोलमा सिटीको जित


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फरवार्ड एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सिजन २०२२/२३ प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ। नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो।

खेलको ३६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हालान्डले ६५औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे । यता, घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भयो । युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए।

पास्कल ग्रोसले ३०औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पर्‍यो । ३९औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे।

युनाइटेडले एक गोल आत्मघाती उपहार पाएको थियो। खेलको ६८औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ५१ बजे

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।

विद्युत् प्राधिकरणले माग्यो २६० भन्दा बढी कर्मचारी, माघ १० गतेभित्र आवेदन दिन सकिने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि