हालान्डको दुई गोलमा सिटीको जित « Khabarhub

हालान्डको दुई गोलमा सिटीको जित


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फरवार्ड एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सिजन २०२२/२३ प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ। नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो।

खेलको ३६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हालान्डले ६५औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे । यता, घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भयो । युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए।

पास्कल ग्रोसले ३०औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पर्‍यो । ३९औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे।

युनाइटेडले एक गोल आत्मघाती उपहार पाएको थियो। खेलको ६८औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ५१ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ