अभियान्ता सूर्यबहादुर र कृषिविज्ञ मदन राईले छाडे बाबुराम भट्टराईको साथ  « Khabarhub

अभियान्ता सूर्यबहादुर र कृषिविज्ञ मदन राईले छाडे बाबुराम भट्टराईको साथ 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – वैकल्पिक शिक्षाका अभियान्ता सूर्यबहादुर राई र कृषिविज्ञ मदन राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयमै दुवै जनाले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।

भट्टराई जसपाबाट अलग हुनु अगाडि सूर्यबहादुर जसपाका केन्द्रीय सदस्य थिए तर, उनले आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईको नयाँ पार्टी नेपाल समाजवादीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराईको साथ छाडे पनि समावेसी, सुशासन र समृद्धिको लागि वैकल्पिक राजनीतिको यात्रा भने जारी राख्ने उनले बताएका छन् ।

सूर्यबहादुरले वैकल्पिक शक्तिको उदयका लागि नयाँ सोचका साथ देशव्यापी अभियान सञ्चालन भइरहेको प्रतिक्रिया दिए । ‘नेपालको आर्थिक, सामाजिक अवस्था परिवर्तनको अभियानमा सामेल हुनुपर्छ भन्ने सोच आयो । यसै सोचका साथ उत्साहित भएर वैकल्पिक राजनीतिक यात्रा तय गरियो । यो यात्रामा वैकल्पिक राजनीतिको गन्तव्य ठिक ढङ्गले अगाडि बढेन ।

यस अभियानमा पनि वैचारिक तथा व्यवहारिक विचलन देखियो । वैकल्पिक सोच नै विघटनको दिशातिर उन्मुख भयो,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, मुलुकमा वैकल्पिक राजनीतिको आवश्यकता झनै बढेर गएको छ । अब यसै विचार र मुद्दा कै आधारमा अगाडि बग्ने निष्कर्षमा पुगेँ । हाम्रा मूल मुद्दाहरु समावेशी, सुशासन र समृद्धिको लागि वैकल्पिक राजनीति यात्राबाट कत्ति पनि विचलित भएको छैन।’

उनले कृषिविज्ञ मदन राईसँगको सहकार्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभम फाउण्डेसनमार्फत व्यवहारिक शिक्षाको अभ्यास गर्दै आएका छन् । कृषिविज्ञ राईले पनि शनिबार नै डा. भट्टराईसँगको साथ छाडेको घोषणा गरिसकेका छन् ।

यस्तै, जसपाका नेता मोहन गुरुङले पनि राजनैतिक एजेण्डा कायम राख्नेगरी स्वतन्त्र भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ३४ बजे

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।

विद्युत् प्राधिकरणले माग्यो २६० भन्दा बढी कर्मचारी, माघ १० गतेभित्र आवेदन दिन सकिने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि