ताइवान चिनियाँ भूमि : विदेशमन्त्री वाङ यी « Khabarhub

ताइवान चिनियाँ भूमि : विदेशमन्त्री वाङ यी


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवान संयुक्त राज्य अमेरिकाको हिस्सा नभएर चिनियाँ भूमि भएको बताएका छन् ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिकी नीतिविरुद्धको पछिल्लो कूटनीतिक आलोचनामा आह्वानमा विदेशमन्त्री वाङ यीको उक्त भनाइ आएको हो ।

बंगलादेश भ्रमणमा रहेका विदेशमन्त्री यीले अमेरिका ताइवान मामिलामा संलग्न भएको आरोप लगाए । ताइवानमा चीनको कार्यहरू न्यायसंगत, उपयुक्त र कानुनी हुनुका साथै देशको पवित्र सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्य रहेको उनले दाबी गरे ।

पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ । एसिया भ्रमणका क्रममा सभामुख पेलोसी यसै साता ताइवानको भ्रमण गरेकी थिइन् । अमेरिकाले आगोसँग खेलेको चीनले टिप्पणी गरेको थियो । उनको भ्रमण लगत्तै चिनियाँ जनसेनाले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ९ : २० बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको