यस्तो छ आजको फलफूल र तरकारी मूल्य  « Khabarhub

यस्तो छ आजको फलफूल र तरकारी मूल्य 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज पनि विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र अनार २९० रुपैयाँ रहेको छ ।

आँप प्रतिकिलो २६५ रुपैयाँ, एभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६४ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

स्थानीय काउली प्रतिकिलो ६८ रुपैयाँ, लोकल काँक्रो ७६ रुपैयाँ, कागती २०४ रुपैयाँ, कुरिलो ५५० रुपैयाँ र अकबरे खुर्सानी १८३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

समितिका अनुसार तराई गाजर प्रतिकिलो ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, र गान्टे मूलाको ९५ रुपैयाँ कायम गरिएको छ । गुन्द्रुक प्रतिकिलो २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५७ रुपैयाँ ५० पैसा र टनेल गोलभेडा ४१ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

त्यस्तै, राजमा घिउ सिमी प्रतिकिलो १२५ रुपैयाँ, घिरौँला ४५ रुपैयाँ, चिचिन्डो २८ रुपैयाँ ३३ पैसा, झिगूनी ४५ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ र  तामा ११६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

यसैगरी तितो करेला प्रतिकिलो २३ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ र न्यूरो ११६ रुपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १० : ४९ बजे

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक’ 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध

एजेन्सी – माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

पुसभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अगाडि बढ्याैँ : कांग्रेस महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा