११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस « Khabarhub

११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आवश्यकताअनुसार ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको जनाएको छ ।  

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार ११ मतदानस्थलमध्ये छ ओटाको नाम परिवर्तन गरिएको छ, भने पाँच ओटाको स्थान परिवर्तन गरिएको छ । दशरथचन्द नगरपालिका– ५ को साविकको गाविस भवन मतदानस्थलको नाम परिवर्तन गरेर वडा नं ५ कार्यालय पल्लाचौंडाली राखिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका– २ मा साविकको गाविस भवनको ठाउँमा वडा नं २ को कार्यालय, वडा नं ५ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ५ को कार्यालय, वडा नं ६ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ६ को कार्यालय नाम राख्न सिफारिस गरिएको छ । यस्तै सुर्नया गाउँपालिका–१ मा साविकको गाविस भवन गुर्केलीको ठाउँमा वडा नं १ को कार्यालय हटैराज नाम राख्न सिफारिस गरिएको छ ।

यस्तै पुर्चौंडी नगरपालिका–७ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ७ को कार्यालय नाम राख्न सिफारिस गरिएको छ । यस्तै पाँच मतदानस्थलको ठाउँ परिवर्तन सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका–८ को साविकको गाविस भवन त्रिपुरासुन्दरीमा रहेको मतदानस्थल स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरीमा राख्न सिफारिस गरिएको छ ।

यस्तै साविकको गुरुखोला गाविस भवनमा रहेको मतदानस्थल मणिलेक मावि गुरुखोला, मेलौली नगरपालिका– २ को साविकको गाविस भवनमा रहेको मतदानस्थल धरमघर मावि सलेना, दोगडाकेदार गाउँपालिका–७ को साविकको गाविस भवनमा रहेको मतदानस्थल भूमेश्वर आधारभूत विद्यालय रिखालीसिगास गाउँपालिका ४ कैलपाल आधारभूत विद्यालयमा रहेको मतदानस्थल–४ को कार्यालयमा राख्न सिफारिस गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी नाम र स्थान परिवर्तन गर्न आयोगलाई सिफारिस गरेको हो ।  जिल्लामा १२९ मतदानस्थलका दुई सय पाँच मतदान केन्द्र छन् । बैतडीमा  एक लाख ५१ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारीसमेत थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १२ : २८ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।