पशु सेवा विज्ञ केन्द्र म्याग्दीद्वारा कृषकलाई दुई करोड अनुदान « Khabarhub

पशु सेवा विज्ञ केन्द्र म्याग्दीद्वारा कृषकलाई दुई करोड अनुदान


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा करिब दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्वारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले एक करोड ७९ लाख अनुदान पाएका हुन् । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन वृद्धि, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार निर्माणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको बताए । ‘प्रदेश र संघीय सरकारबाट चार करोड पाँच लाख ८० हजार बजेट विनियोजन भएको थियो’, उनले भने ‘तीन करोड ५९ लाख ३६ हजार ३९२ खर्च भएको छ’ ।

बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर सञ्चालन भएको बाख्राको व्यावसायिक उत्पादन केन्द्र  कार्यक्रमबाट ४३ कृषकलाई बाख्राको खोर निर्माण, मासु पसल सुधार, घाँस काट्ने यन्त्र उपकरण, नश्ल सुधारका लागि बोका र औषधि खरिदका लागि ३४ लाख एक हजार अनुदान उपलब्ध गराइएको छ । 

५२ लाख ५० हजार बजेट बिनियोजन भएको साना पशुपंक्षी तथा मत्स्य व्यावसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रमका लागि छनौट भएका ४० मध्ये ३८ फार्मले ४९ लाख ८७ हजार ५०० अनुदान पाएका छन् । आठ लाख बजेट विनियोजन भएको डेरी, मासु तथा माछा पसल सुधार कार्यक्रमबाट पाँच फार्मले चार लाख २४ हजार तीन सय ५९ अनुदान पाएका छन् । 

बेनीको दोभान कृषि सहकारी संस्थामा आवद्ध २१ कृषकले गोठ सुधार, दाना र घाँस भण्डारण भवन, उपकरण, क्यान खरिदका लागि १० लाख अनुदान पाएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी गणेश

१८ लाख बजेट विनियोजन भएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आवद्ध एक सय कृषकले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले १५ लाख ९० हजार अनुदान पाएका छन् । त्यस्तै, ३१ कृषकलाई फार्म यान्त्रिकरण कार्यक्रम मार्फत च्यापकटर, पानी तताउने सोलार लगायत उपकरण खरिदमा १० लाख अनुदान उपलब्ध गराइएको छ । 

 २१ लख बजेट विनियोजन भएको पशुपंक्षी बीमा कार्यक्रम मार्फत २८ हजार दुई सय ३४ पशुपंक्षीको बीमा गरेबापत एकसय १० कृषकले १७ लाख ७९ हजार अनुदान पाएका छन् । आठ लाख बजेट विनियोजन भएको भैसी पकेट कार्यक्रम मार्फत मंगला–२ सिमलचौरका २५  कृषकले ‘काउम्याट’ खरिद गर्न सात लाख अनुदान लगेका छन् । अन्नपूर्ण गाउँपालिकाका २३ कृषकले बाख्रा पकेट कार्यक्रमबाट आठ लाख अनुदान पाएका छन् । अनुवांशिक स्रोत संरक्षण कार्यक्रम मार्फत रघुगंगा–७ चिमखोलामा सिनाल बाख्रा र वडा नम्बर २ भगवतीमा बरुवाल भेडापालक १३/१३ कृषकलाई पाँच/पाँच लाख अनुदान उपलब्ध गराइएको छ । 

रिजालले बताए । कृत्रिम गर्भाधानबाट जन्मेका २४ वटा पाठा बाच्चा हुर्काए वापत आठ कृषकले दुई लाख ४० हजार अनुदान पाएका छन् । अन्नपूर्ण गाउँपालिकाको दुवाडीमा भैँसीको र धवलागिरि गाउँपालिकाको गुर्जामा भेडाको घुम्ती गोठ निर्माण गर्न  पाँच/पाँच लाख अनुदान दिइएको केन्द्रले जनाएको छ ।

अन्नपूर्णको घार, रघुगंगाको चिमखोला, मालिकाको अदिभारा र धवलागिरिको मल्कवाङमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको केन्द्रले पशुमा पूर्ण खोप कार्यक्रम मार्फत बेनी नगरपालिका र मंगला गाउँपालिकामा ३१ प्राविधिक परिचालन गरेर १२ हजार तीनसय ३४ घरधुरी कृषकका ४८ हजार नौ सय ८५ पशुलाई खोरेत, चरचरे, पीपीआर र रेबिज रोग विरुद्धको खोप लगाएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १२ : ५४ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको