लाखौँ मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन  « Khabarhub

लाखौँ मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- जिल्लास्थित स्वास्थ्य कार्यालयमा विद्युत् र पानीको  अभावमा लाखौँ मूल्यको स्वास्थ्य सामग्री प्रयोगविहीन भएका छन् । केही समय अगाडि  कोरिया सरकारले सुविधा सम्पन्न भवनसहित लाखौँ मूल्यका स्वास्थ्य सामग्रीहरू कर्णाली प्रदेश सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालय मुगुलाई हस्तान्तरण गरेको थियो ।

कोरिया सरकारले दिएको केही सामग्रीहरू प्रयोगमा आए पनि ल्याब मेसिन, निर्मलीकरण गर्ने मेसिन, कपडा धुने मेसिन लगायतका सामग्रीहरू भने दक्ष जनशक्ति र विद्युत् पानीको अभावमा प्रयोगविहीन भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढाले भनेका छन्, ‘कोरिया सरकारले मुगुलाई ठूलो सहयोग गरेको छ । जिल्ला अस्पताल मुगुलाई सेवा सुविधा सम्पन्न भवन निमार्ण गर्नुका साथै स्वास्थ्य क्षेत्रमा प्रयोग हुने लाखौँ मूल्यका उपकरणहरू हस्तान्तरण गरेको छ ।’

उनले थपे  ‘केही सामग्रीहरू प्रयोगमा आएका छन् भने एनलाईर मेसिन, निर्मलीकरण मेसिन, कपडा धुने मेसिनहरु भने दक्ष कर्मचारी नहुँदा सञ्चालनमा ठूलो समस्या भएको हो । अर्कोतर्फ पानी र विद्युत्को समस्याले गर्दा पनि प्रयोगमा आउन नसकेको हो ।

उक्त उपकरणहरुको सञ्चालनका लागि सरोकारवाला सबैसँग छलफल गरिएको बताइएको छ । अबको एक साताभित्र दक्ष व्यक्ति अर्थात् बायो मेडिकल इन्जिनियर आउने र सबै सामग्रीहरूको चेकजाँच गरी सञ्चालनमा ल्याइने बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १ : १५ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।