व्यास नगरपालिकाको विविध निर्णय « Khabarhub

व्यास नगरपालिकाको विविध निर्णय


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- व्यास नगरपालिकाले आगामी भदौ १ गतेदेखि सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनको फोटोकपीमा लाग्ने खर्च निःशुल्क गर्ने भएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो ।

व्यास नगरपालिका मातहतका चौध वटै वडामा उक्त सेवा निःशुल्क गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं व्यास– ६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए। नगरपालिकाको मूल कार्यालयमा शुल्क नलाग्ने टेलिफोन कल सेन्टरसमेत प्रयोगमा ल्याई निःशुल्क सेवा दिने निर्णय गरिएको उनले बताए ।

आव २०७९/८० का बजेट कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि वार्षिक कार्य योजना निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिने निर्णय गरिएको छ । नगरपालिकाभित्रका सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकको संयुक्त बैठक राखी एसइईको नतिजाको विश्लेषण गर्ने निर्णय पनि गरिएको  छ ।

साउन २४ गते मंगलबारका दिन विश्व आदिवासी जनजाति दिवसका अवसरमा सार्वजनिक बिदा दिइने भएको छ। विश्व आदिवासी जनजाति दिवस साउन २४ गतेका दिन नगरपालिकाअन्तर्गतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो । सितलचोक युवा क्लबद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता र अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका लागि सहयोग गरिने भएको छ ।

नगरपालिकाअन्तर्गतका मादी–सेती नदीबाट उत्खनन हुने ढुङ्गा गिट्टी बालुवा उत्खननसम्बन्धी प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरिएको छ । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आव २०७७/७८ को लेखा परीक्षण प्रतिवेदन कार्यपालिका बैठकमा प्रस्तुत गरी बेरुजु फर्छ्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १ : १८ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम