व्यास नगरपालिकाको विविध निर्णय « Khabarhub

व्यास नगरपालिकाको विविध निर्णय


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- व्यास नगरपालिकाले आगामी भदौ १ गतेदेखि सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनको फोटोकपीमा लाग्ने खर्च निःशुल्क गर्ने भएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो ।

व्यास नगरपालिका मातहतका चौध वटै वडामा उक्त सेवा निःशुल्क गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं व्यास– ६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए। नगरपालिकाको मूल कार्यालयमा शुल्क नलाग्ने टेलिफोन कल सेन्टरसमेत प्रयोगमा ल्याई निःशुल्क सेवा दिने निर्णय गरिएको उनले बताए ।

आव २०७९/८० का बजेट कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि वार्षिक कार्य योजना निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिने निर्णय गरिएको छ । नगरपालिकाभित्रका सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकको संयुक्त बैठक राखी एसइईको नतिजाको विश्लेषण गर्ने निर्णय पनि गरिएको  छ ।

साउन २४ गते मंगलबारका दिन विश्व आदिवासी जनजाति दिवसका अवसरमा सार्वजनिक बिदा दिइने भएको छ। विश्व आदिवासी जनजाति दिवस साउन २४ गतेका दिन नगरपालिकाअन्तर्गतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो । सितलचोक युवा क्लबद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता र अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका लागि सहयोग गरिने भएको छ ।

नगरपालिकाअन्तर्गतका मादी–सेती नदीबाट उत्खनन हुने ढुङ्गा गिट्टी बालुवा उत्खननसम्बन्धी प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरिएको छ । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आव २०७७/७८ को लेखा परीक्षण प्रतिवेदन कार्यपालिका बैठकमा प्रस्तुत गरी बेरुजु फर्छ्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १ : १८ बजे

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,