एक वर्षमा ४० लाखको माछा बिक्री | Khabarhub Khabarhub

एक वर्षमा ४० लाखको माछा बिक्री


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाएका छन् । 

अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाएका छन् । मेहनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आबद्ध छन् । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर सङ्ख्या बढाएको उनको भनाइ  छ । उनले गएको वर्ष ४० लाखको माछा बिक्री गरेका थिए । अभियानमुखी बहुउद्देश्यीय कृषि फार्मबाट उनले माछाका दाना उत्पादन गर्ने कारखाना स्थापना गरेका छन् । दाना उद्योगबाट वर्षेनी ४० टन दाना उत्पादन भइरहेको र प्रतिकेजी ५६ सम्म बिक्री भइरहेको बताइएको छ । 

पानीमा तैरिनेनतैरने दुई किसिमको दाना उत्पादन गर्न अधिकारीले स्थानीयस्तरमा उत्पादन हुने मकै, धान खरिद गरी किसानलाई प्रोत्साहन गरेका छन् । किसानले उत्पादन गर्ने धान, मकै, पीना, भटमास, तोरी र दालको भूस  माछाका दाना बनाउन खरिद गर्ने गरेको बताइएको छ । सात जनाले नियमित रोजगारी पाएको सो फार्मको विकास र उन्नतिका लागि प्रदेश नं १ सरकारले ३० लाख अनुदान दिएको अधिकारीले जानकारी दिए । प्राप्त अनुदानबाट ७५ लाखमा एक ठूलो गोदाम घर निर्माण भएको छ ।

रहु, भ्याकुर, ग्रासकार्प, नैनी जस्ता जातका माछा उत्पादन गर्ने र यसका लागि बजारको समस्या नभएको बताइएको छ । माछा उत्पादक अधिकारीले माछाको दाना उत्पादन गर्न ठूलो क्षमताको मेसिन आवश्यक रहेको र यसबाट उत्पादित दाना अन्य माछापालन गर्ने व्यवसायीलाई सहयोग पुग्ने भएकाले प्रदेश सरकारले आर्थिक अनुदान दिनुपर्ने माग गरे । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले आफ्नै पौरख, क्षमता र लगानी गरी राज्यको उत्पादनमा सहयोग गर्ने किसानलाई उचित मूल्यांकन एवं सहयोग हुनुपर्ने बताए । 

प्रदेशमा हालसम्ममा १० हजार सात सय ७५ पोखरीअन्तर्गत एक हजार नौ सय ६२ दशमलव ३६ हेक्टर जलाशय क्षेत्रबाट कूल नौ हजार आठ सय २० मेट्रिकटन माछा उत्पादन भएको छ । आव २०७७/७८ भन्दा गएको आवमा पोखरीको सङ्ख्या र जलाशय क्षेत्र पनि बढेको छ । अघिल्लो आवमा नौ हजार एक सय ६० मेट्रिक टन माछा उत्पादन भएको निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले जानकारी दिए ।

ट्राउट माछातर्फ आव २०७७/७८ मा सङ्ख्या एक सय ८१ बाट गएको वर्षमा तीन सय ६२ पुगेको छ । जलाशय क्षेत्र तीन हजार छ सय ११ हेक्टरबाट छ हजार आठ सय ५० पुगी गएको वर्षमा ३८ मेट्रिक टन ट्राउट माछा उत्पादन भएको छ । यस क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउन जलाशय क्षेत्रको पहिचान गरी माछा उत्पादन एवं माछापालनमा किसानलाई प्रोत्साहन गर्नु पर्ने भन्दै प्रदेश नं १ का कृषि सचिव मोघनाथ तिमल्सेनाले भने, ‘अब कृषि उत्पादन वृद्धि नगरी मुलुकमा समृद्धि आउँदैन ।’

–मोहम्मद सदरुल रासस

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १ : ३३ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता