देशव्यापी तालमेलको पक्षमा कांग्रेस  « Khabarhub

देशव्यापी तालमेलको पक्षमा कांग्रेस 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका नेताहरू देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक राखेको थियो ।बालुवाटारमा बसेको बैठकमा नेताहरूले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।

‘कसले कति सिट पायो भन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्छ भन्ने मत छ’, एक नेताले भने । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरूले कम्तीमा १०० सिट राखेर चुनावी तालमेल गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकले कम्तीमा १०० सिट राखेर मात्रै तालमेल गर्न सुझाव दिँदै सो सम्भव नभए गठबन्धन नगर्न सुझाव दिएका छन् ।

प्रवक्ता महतले भने पार्टीका तर्फबाट गठबन्धन कार्यदल रहेका सदस्यहरूलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेको बताए । उनले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको जानकारी दिए ।

‘आजै पाँच दलीय कार्यदलसँग छलफल छ । पदाधिकारी र पूर्वपदाधिकारीको सुझाव सल्लाह लिनका लागि सभापतिले बैठक डाक्नु भएको हो’, प्रवक्ता डा. महतले भने, ‘साथीहरूले आफूलाई लागेका सल्लाह सुझाव दिनु भएको छ ।’

उनले सुझाव दिने क्रम जारी रहेको भन्दै अहिले प्रारम्भिक सुझाव भएकाले ठोस रूपमा यति नै सिट भनेर सुझाव नदिएको बताएका छन् । ‘प्रारम्भिक बैठक हो । यहाँ सुझाव प्रारम्भिक मात्र आएका छन्’, प्रवक्ता महतले भने, ‘०७४ को चुनावमा, यसपालाको स्थानीय चुनावमा पाएको मतलाई आधार मान्न सुझाव आएका छन् ।’

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  २ : २० बजे

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा