विकास कार्यक्रम र योजनाबारे खबरदारी गर्ने दलहरूको निर्णय « Khabarhub

विकास कार्यक्रम र योजनाबारे खबरदारी गर्ने दलहरूको निर्णय


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बर्दिबास नगरपालिकामा बसेको सर्वदलीय बैठकले नगरभित्रका विविध सरोकारका विषयमा चासो देखाएको छ  ।

शिक्षा जस्तो क्षेत्रमा मनलाग्दी गर्दै पूर्वाग्राही ढंगले नगर शिक्षक हटाएको निष्कर्ष निकाल्दै उक्त बैठकले स्थानीय सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

नगरभित्र रहेका सामाजिक सङ्घ-संस्थाहरूमा चरम मनोमानी रहेको र उद्योग वाणिज्य संघ, खानेपानी संस्थानहरूमा यथाशीघ्र नयाँ कार्यसमिति बनाउने विषयमा पनि सर्वदलीय निर्णय भएको छ ।

माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त संस्थाहरूमा नयाँ कार्यसमिति बनाउन इलाका प्रशासनलाई तत्काल ज्ञापन पत्र बुझाउने दलहरूले सहमति जनाएका छन् ।

उद्योग वाणिज्य संघ, खानेपानी जस्ता संस्थाहरूमा कार्यसमितिको ३ वर्ष अगाडि नै म्याद सकिए पनि विधान र नियम विपरीत मनोमानी भइरहेको तर्फ सबै दलहरुले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सर्वदलीय बैठकले नगरभित्र रहेको सामुदायिक पुस्तकालय संचालनको सम्बन्धमा  सरोकारवाला निकायसँग माग गर्ने निर्णय पनि गरेको छ ।

सर्वदलीय बैठकले नगरभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रका सम्बन्धमा चासो देखाए । धार्मिक पर्यटकलाई व्यवस्थित बनाउन विधान र योजना हुँदाहुँदै अस्तव्यस्त र जीर्ण अवस्थाका सम्बन्धमा नगर कार्यालयसँग माग गर्ने निर्णय भएको छ ।

बैठक संचालनका सम्बन्धमा पनि दलहरू बीच भद्र सहमति भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  २ : ३९ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा