म मन्त्री हुँदा गरेका निर्णयहरू उल्टाउन खोजियो : रामकुमारी झाँक्री | Khabarhub Khabarhub

म मन्त्री हुँदा गरेका निर्णयहरू उल्टाउन खोजियो : रामकुमारी झाँक्री


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकास मन्त्रालयमा रहँदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ति जनाएकी छिन्।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरू नयाँ आएका शहरी विकास मन्त्रालय मेटमणी चौधरीले उल्टाउन थालेको भन्दै आपत्ति जनाएकी हुन्।

उनले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले एउटै पार्टीमा रहेका व्यक्तिबीचको बिचार फरक हुनसक्ने भन्दै आफ्नो कामको जिम्मा दिने तर अर्काको कामको जिम्मा नलिने तर्क गरिन्। उनले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको भन्दै विकास निर्माणका विषयमा विभिन्न नीतिहरू परिमार्जनको प्रयास गरेको बताइन्।

झाँक्रीले असारको अन्तिम समयमा बजेट सिद्धाउनका लागि काम गर्दा त्यसको गुणस्तरमा कमी आएको र यस विषयमा पनि आफू मन्त्रालयमा रहँदा सार्वजनिक खरिद प्रक्रियामा जोड दिएको धारणा राखिन्।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ३ : ०० बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन