म मन्त्री हुँदा गरेका निर्णयहरू उल्टाउन खोजियो : रामकुमारी झाँक्री « Khabarhub

म मन्त्री हुँदा गरेका निर्णयहरू उल्टाउन खोजियो : रामकुमारी झाँक्री


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकास मन्त्रालयमा रहँदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ति जनाएकी छिन्।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरू नयाँ आएका शहरी विकास मन्त्रालय मेटमणी चौधरीले उल्टाउन थालेको भन्दै आपत्ति जनाएकी हुन्।

उनले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले एउटै पार्टीमा रहेका व्यक्तिबीचको बिचार फरक हुनसक्ने भन्दै आफ्नो कामको जिम्मा दिने तर अर्काको कामको जिम्मा नलिने तर्क गरिन्। उनले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको भन्दै विकास निर्माणका विषयमा विभिन्न नीतिहरू परिमार्जनको प्रयास गरेको बताइन्।

झाँक्रीले असारको अन्तिम समयमा बजेट सिद्धाउनका लागि काम गर्दा त्यसको गुणस्तरमा कमी आएको र यस विषयमा पनि आफू मन्त्रालयमा रहँदा सार्वजनिक खरिद प्रक्रियामा जोड दिएको धारणा राखिन्।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ३ : ०० बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत