नारायणगढ–मुग्लिन/मुग्लिन–पोखरा सडक स्तरोन्नतिको कामलाई तीव्र बनाउन समितिको निर्देशन « Khabarhub

नारायणगढ–मुग्लिन/मुग्लिन–पोखरा सडक स्तरोन्नतिको कामलाई तीव्र बनाउन समितिको निर्देशन


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणगढ–मुग्लिन/मुग्लिन– पोखरा सडक खण्डको स्तरोन्नतिको कामलाई तीव्र बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय गौरव लगायत अन्य राष्ट्रिय स्तरका सडकहरूको निर्माण तथा स्तरोन्नतिको कार्यमा भइरहेको ढिलासुस्ती तथा न्यून प्रगतिलाई ध्यानमा राखी उक्त सडक खण्ड स्तरोन्नतिको कामलाई तीव्र बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले सडक अतिक्रमण गरी विना स्वीकृति बनाइएका घर तथा सडकमा रहेका विद्युुत पोलका कारण सडकमा पहिरो झर्दा तत्काल पन्छाउन जटिल देखिएकाले सडक सीमाभित्र रहेका सुरक्षा हटाउने आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालय र ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन्।

त्यस्तै बैठकले वातावरण मैत्री, प्रविधिमैत्री र गुणस्तरीय निर्माणका लागि विकासको उपयुक्त मोडल अवलम्बन गर्ने कार्य तत्काल अध्ययन गरी कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको उनले बताइन् । त्यस्तै बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि मनोमानी ढङ्गले सार्वजनिक यातायातले भाडा असुल्ने काम गरेको भन्दै भरपर्दो अनुगमन समिति बनाएर जानकारी गराउन निर्देशन दिएको सभापति खड्काले जानकारी दिइन्।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले वैकल्पिक सहायक राजमार्गको मापदण्ड नै बनाएर कार्यान्वयन गर्ने बताए। नारायणघाट–बुटवल सडक निर्माण समयमा नै नभएको भन्दै ठेकेदारको म्याद थप नगरेको उनले जानकारी दिए । उनले नारायणगढ–मुग्लिन/मुग्लिन– पोखरा सडक स्तरोन्नतिको कामलाई तीव्र रूपमा अघि बढाइने जिकिर गरे।

बैठकमा समिति सदस्यहरूले चाडपर्व नजिकिँदै जाँदा मुख्य तथा सहायक राजमार्गहरूलाई चुस्त दुरुस्त राख्नका लागि सडकको प्रभावकारी अनुगमनमार्फत आवश्यक तयारी समयमा नै गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ५ : ०९ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र