अदालतले १० लाख जरिवाना तोकेपछि फरार भएका गुप्ता पक्राउ « Khabarhub

अदालतले १० लाख जरिवाना तोकेपछि फरार भएका गुप्ता पक्राउ


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले अदालतबाट रु १० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ फागुन २३ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र रु १० लाख जरिवाना ठहर भएका सर्लाही घर भई काठमाडौँको कपन बस्ने ३४ वर्षीय रोशनकुमार गुप्तालाई आज पक्राउ गरेको हो ।

गुप्ताले आफ्नो सानिमा बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी बैंकिङजन्य कसुर गरेकाले कपनबाट पक्राउ गरेको हो । पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ९ : १८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल