हिमाली जिल्ला मुगुमा चामलको अभाव « Khabarhub

हिमाली जिल्ला मुगुमा चामलको अभाव


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ ।

आर्थिक वर्ष २०७८/७९मा खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर अर्थात् चन्दननाथ नगरपालिकाका जुम्लाका उपप्रमुख रामदेवी खड्काले ११ हजार क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा पाएको मध्ये ८ हजार १ सय क्विन्टल खाद्यान्न ढुवानी भएको र बाँकी २ हजार ९ सय क्विन्टल खाद्यान्न ढुवानी नगर्दा मुगुमा चामलको अभाव हुने संकेत देखिएको हो ।

खाद्यान्न अभाव देखिन थालेपछि हप्ताको आइतबार मात्र खाद्यान्न खुला हुँदा त्यहाँका नागरिकलाई सास्ती भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात भए पनि बजारको भन्दा ४ सय रुपौयाँ प्रति प्याक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सस्तो हुने भएकाले चामल लिनेको निकै भीड हुने गरेको छ ।

उता संस्थानमा खाद्यान्न मौज्दात नहुँदा सास्ती भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ की स्थानीय मायादेवी सुनारले बताइन । चामल प्रति २५ केजी प्याकको २ हजार १ सयदेखि २ हजार २ सयसम्म मूल्य तिरेर स्थानिय चामल खान बाध्य छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १० : २८ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने