मान्छे जस्तै चिम्पान्जी | Khabarhub Khabarhub

मान्छे जस्तै चिम्पान्जी


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सङ्गीतको मोह सबैलाई हुन्छ। यो मोहबाट कोही पनि मुक्त हुन सक्दैन। रमाइलो गर्ने पनि आफ्नो तरिका हुन्छ। यसले मानिसलाई मात्र होइन, जनावरलाई पनि प्रेरित गरेको हुन्छ। अहिले विज्ञानले नयाँ तथ्य फेला पारेको छ। यो तथ्य अनुसार चिम्पान्जीले पनि ड्रम जसरी बजाउने काम गर्छ। युगान्डाको जङ्गलमा वैज्ञानिकले पत्ता लगाए अनुसार चिम्पान्जीले रुखमा हिर्काएर लय मिलाएर आवाज निकाल्ने काम गर्छन्। त्यो लयको माध्यमबाट उनीहरू टाढा रहेका आफ्ना साथीलाई आफू भएको स्थान र गरिरहेको कामका बारे सल्लाह दिने गर्छन्। भर्खरै ‘एनिमल बिहेभीयर’ जर्नलमा प्रकाशित तथ्य अनुसार चिम्पान्जीले आफ्नो साथी हराएमा पत्ता लगाउने सजिला उपायको रूपमा समेत यसलाई प्रयोग गर्ने गरेका छन्।

सेन्ट एन्ड्रयु विश्वविद्यालयका प्राध्यापक डा. क्यथरीन होबारटरका अनुसार जङ्गली एपले यसरी रुखको जराको भाग र डाँठमा बेसमारी हात र गोडाले हिर्काउँछन्। ‘यदि जरा नेरको भागलाई बल लगाएर हिर्काउन सकेमा यसले टाढासम्म पुग्ने गरी आवाज पैदा गर्छ।

चिम्पान्जीले पनि ड्रम जसरी बजाउने काम गर्छ। युगान्डाको जङ्गलमा वैज्ञानिकले पत्ता लगाए अनुसार चिम्पान्जीले रुखमा हिर्काएर लय मिलाएर आवाज निकाल्ने काम गर्छन्। त्यो लयको माध्यमबाट उनीहरू टाढा रहेका आफ्ना साथीलाई आफू भएको स्थान र गरिरहेको कामका बारे सल्लाह दिने गर्छन्।

होबारटर भन्छिन्, ‘हामी त्यस क्षेत्रमा लागेकाहरू यत्ति अभ्यस्त भइसकेका छौं कि हामी आवाज सुनेर यसले हिर्काएको भनेर पनि ठम्याउन सक्छौं।’ होबारटरका लागि यो एउटा रोमाञ्चक तथ्य हो। मानिसको आवाज जस्तै चिम्पान्जीले त्यहाँ हातले बजाएर निकाल्ने आवाज फरक हुन्छ। यसबाट के पत्ता लगाइएको हो भने चिम्पान्जीले भने रुखको आवाजबाट आफ्नो कुन साथी कहाँ छ भनेर पत्ता लगाउँछन्।

हरेक भाले चिम्पान्जीको शैली फरक हुन्छ। यस बीचमै उनीहरू लामो दुरीमा सुनिने गरी कराउँछन् पनि। यस अध्ययनको अगुवाइ गरिरहेका भियना विश्वविद्यालयका पीएचडी छात्र भेस्टा एलुटरीले कुनै खास विशेष चिम्पान्जीको यसरी बजाउने शैलीमा रहेको निरन्तरताको बारे पनि व्याख्या गरेका छन्। रक र ब्लु ड्रमर्सकै जस्ता कसैको विशेष खालको आवाज हुन्छ।

जङ्गलमा बिताएको केही सातापछि नै कसले बजाएको भन्ने पत्ता लगाउन म आफैं पनि सबल भइसकेको थिएँ, यो आफैंमा महत्त्वपूर्ण हो,’ उनले भने, ‘केहीको बजाउने तरिका यस्तो विशेष थियो कि उनीहरूलाई चिन्न एकदमै सजिलो थियो। एलुटरीकै अनुसार एक चिम्पान्जीलाई अनुसन्धानकर्ताले ट्रिस्टीयनको नाम दिएका छन्।

हरेक भाले चिम्पान्जीको शैली फरक हुन्छ। यस बीचमै उनीहरू लामो दुरीमा सुनिने गरी कराउँछन् पनि।

उनीहरूले यसलाई दिवंगत विख्यात ड्रमर जोन बोहमकै रूपमा लिने गरेका छन। उसले भिन्न बिटका साथ लामो समय बजाइ रहन सक्छ। बजाउने यो शैलीकै कारण धेरैले ट्रिस्टीयनले ड्रम बजाएको थाहा पाउन सक्छन्।

यात्राको बीचमा पनि उनीहरूले यो आवाज निकाल्ने गर्छन्। यसो गर्दा एउटा साथीले अर्को साथीको बारे थाहा पाउन सक्छन्। उनीहरूले कहिलेकाही फरक आवाज पनि निकाल्ने गरेका हुन्छन्। यो चाहिँ अरू चिम्पान्जीलाई झुक्क्याउन र आफू भएको स्थानको बारे थाहा नदिने उद्देश्यले पनि हुन सक्छ।

यदि तपाईं एउटा ठूलो चिम्पान्जीको समूहलाई हेरिरहनु भएको छ। त्यो चिम्पान्जीले एउटै आवाज निकाली रहेका छन् भने पर बसेर एउटा चिम्पान्जीले विशेष आवाज निकाली रहेको हुन्छ।

उनीहरूको बीचमा एउटा पजल नै पनि चल्ने गर्छ। आवाज निकाल्ने लुकामारी खेल्नेक्रम चल्छ। जिस्क्याउने काम गर्दै उनीहरूले रमाइलो पनि गर्ने गरेका छन्। उनीहरूले यो जिस्कनेक्रम लामो समयसम्म कायम रहन्छ। उनीहरूको बिदाबारी हुने या गुड बाइ भन्ने नयाँ शैली पनि हुने रहेछ।

यो लामो दुरीका आवाजले चिम्पान्जीलाई एक आपसबाट फरक बनाएको हुन्छ। मानिस र चिम्पान्जी बीचको समानताबारे धेरै अध्ययन हुन बाँकी छ। एउटा तथ्य के हो भने मानिसभन्दा चिम्पान्जी धेरै गुणा शक्तिशाली हुन्छन्।

यात्राको बीचमा पनि उनीहरूले यो आवाज निकाल्ने गर्छन्। यसो गर्दा एउटा साथीले अर्को साथीको बारे थाहा पाउन सक्छन्। उनीहरूले कहिलेकाही फरक आवाज पनि निकाल्ने गरेका हुन्छन्।

मानिसको सबैभन्दा धेरै नजिकको जनावरको नै चिम्पान्जी हो। वैज्ञानिक मत अनुसार मानिस र चिम्पान्जीको पुस्ता भिन्न भएको ६५ देखि ७५ लाख वर्ष अगाडि हो। मानिस र चिम्पान्जी बीचमा यो समयमा के फरक रहे र के कुरामा समानता छ भन्ने कुराको अध्ययन अझै पनि रोचक हुनसक्छ।

सृष्टिको यो लाखौं वर्षको अन्तरालमा मानिस र चिम्पान्जी बीचमा समानता बाँकी नै छ। भावनात्मक कुरामा मानिस र चिम्पान्जी उस्तै हुन्छन्। धेरै फराकिलो दायरमा खुसी हुने, दुखी हुने, रिसाउने र चित्त दुखाउने स्वभाव मानिस र चिम्पान्जी दुवैमा हुन्छ। यिनीहरू पनि दुःखमा अरूलाई सहयोग गर्ने किसिमका हुन्छन्। बच्चालाई धेरै पछिसम्म साथमा राख्न पाउँदा यिनीहरू पनि खुसी हुन्छन्।

यिनीहरूको पनि उमेरमा प्रौढ हुनेलाई सम्मान गर्ने आदत हुन्छ। मानिसले जस्तै चिम्पान्जीमा पनि पाकोले कम उमेरकालाई शिक्षा दिने चलन छ। यौनको सवालमा कम उमेरका चिम्पान्जी भन्दा पाका चिम्पान्जी बढी सक्रिय रहेको तथ्य फेला परेको छ।

चिम्पान्जी पनि खेल खेल्न र रमाइलो गर्न मन पराउने जनावर हो। खेल्ने क्रममा उमेर पाको भएको चिम्पान्जीले सानो उमेरको चिम्पान्जीलाई खेल्नमा सहयोग गर्छ। यसका सीप निर्माणमा पनि पाको चिम्पान्जीले पनि सानो चिम्पान्जीलाई सहयोग गर्ने आदत हुन्छ। कुस्ती खेल्ने, जिस्कने र झगडा गर्ने चिम्पान्जीका आदत नै हुन्। रुख चढ्न मन पराउने उनीहरू एउटा रुखको हाँगाबाट अर्को रुखको हाँगामा जाने गर्छन्। उनीहरू हल्का लाग्ने पेय पदार्थ मन पराउँछन्। टाडीको झोल उनीहरूको प्रिय पेय पदार्थ हो।

सृष्टिको यो लाखौं वर्षको अन्तरालमा मानिस र चिम्पान्जी बीचमा समानता बाँकी नै छ। भावनात्मक कुरामा मानिस र चिम्पान्जी उस्तै हुन्छन्। धेरै फराकिलो दायरमा खुसी हुने, दुखी हुने, रिसाउने र चित्त दुखाउने स्वभाव मानिस र चिम्पान्जी दुवैमा हुन्छ।

चिम्पान्जीको सबैभन्दा रोचक पक्ष के छ भने चिम्पान्जीका छोरी पनि पुतलीसँग खेल्न मन पराउँछन् । यिनीहरू पनि आमाको नजिककै बस्न चाहन्छन्।चिम्पान्जी अत्यन्त सामाजिक जनावर हो। पीडामा भएको चिम्पान्जीलाई अन्यले अँगालो हालेर सहानुभूति दिने गर्छन्। यिनीहरूको विशेषता भनेको आमालाई पछ्याउने हो। चिम्पान्जीका बच्चा पनि धेरै वर्षसम्म आमासँग बस्न रुचाउँछन्।

चिम्पान्जीलाई बौद्धिक पनि मानिन्छ। समस्या आएपछि सावधानी पूर्वक सचेत भएर समस्याको समाधान खोज्ने बानी चिम्पान्जीको हुन्छ। चिम्पान्जीले आफूलाई आवश्यक परेको सामग्री निर्माण गरेर एक आपसलाई सहयोग पनि गर्न सक्छन्।

यिनीहरू जङ्गल बाहिर पनि कहिले कहीँ रमाउने गर्छन्। रातको मौका छोपेर मानिसको बालीमा जाने, सडकमा गएर रमाइलो गर्ने तथा जिस्कने गर्छन्। तर, उनीहरू पूर्ण रूपमा सुरक्षित भएको महसुस भएपछि मात्र यसरी जङ्गलबाट बाहिर निस्कने गर्छन्।

साथी बनाउने, मस्त खानपिनमा रमाउन चाहने र सावधानी अपनाउन सक्ने खुबीमा मानिस र चिम्पान्जीको बीचमा समानता छ। समूहमा बसेर खान हामीले जस्तै चिम्पान्जीले पनि मन पराउने कुरा सोही म्युजियमले गरेको अध्ययनले देखाएको छ।

सोच्ने, आफ्नो सुरक्षा गर्ने, महसुस गर्ने तथा आफन्तको ख्याल गर्ने लगायत विषयमा चिम्पान्जी र मानिसका बीचमा धेरै समानता छ। त्यसो त मानिसको सबैभन्दा मिल्दो जीव कुन हुनसक्छ भन्ने बारेमा धेरै अध्ययन भएका छन्। थुप्रै अध्ययनका अनुसार चिम्पान्जी नै मानिसको सबैभन्दा नजिकको जनावर हो।

‘अमेरिकन म्युजियम अफ नेचरल हिस्ट्री’ का अनुसार मानिस र चिम्पान्जीको ९८.८ प्रतिशत डिएनएमा समानता छ। यी दुई जनावर लगभग ७० लाख वर्ष पहिले एउटै प्रजाति भए पनि छुट्टिएका थिए।

त्यस म्युजियमको अध्ययन अनुसार समूहमा बसेर खेल्ने चिम्पान्जीको आदत नै हो। मुसुक्क मुस्कुराउने र धेरै रमाउँदा मजाले हाँस्ने आदत चिम्पान्जीको पनि हुन्छ।

साथी बनाउने, मस्त खानपिनमा रमाउन चाहने र सावधानी अपनाउन सक्ने खुबीमा मानिस र चिम्पान्जीको बीचमा समानता छ। समूहमा बसेर खान हामीले जस्तै चिम्पान्जीले पनि मन पराउने कुरा सोही म्युजियमले गरेको अध्ययनले देखाएको छ। थप अध्ययन गर्दै जाने हो भने चिम्पान्जी र मानिस बीचमा धेरै समानता भेटिन सक्छन्। स्रोत : जेन गोडल इन्स्टिच्युट, बीबीसी, लायन वर्ल्ड ट्राभल

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : ०३ बजे

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा– राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल

छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं

फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ?

सन् १८५१ डिसेम्बर २ को रात १७ वर्षीय फ्रेडरिक अगस्ट

सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आम्दानी

म्याग्दी– विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै

पूर्वगृहमन्त्री लामिछानेलाई चौथोपटक म्याद थपका लागि कास्की अदालत लगिँदै

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका